नेपाली जनताको आवश्यकता संघिय गन्तन्त्र हिन्दु राष्ट्रियको स्थापना

  • वैशाख ४, २०७८
  • ३६४ पटक पढिएको
  • Ram Pukar Yadav
alt

राजविराज । देशमा हिन्दुत्व स्थापना गर्न आन्दोलनको आवश्यकता रहेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । 
प्रदेश २ का राजधानी जनकपुरमा राष्ट्रिय एकता अभियानले आयोजना गरेको संघिय हिन्दु गन्तन्त्र विषयक विचार गोष्ठीमा बोल्दै वक्ताहरुले नेपाल गन्तन्त्र सहितका हिन्दु राष्ट्रिय बनाउन आन्दोलनको तयारी थाल्नु पर्ने बताए । 
कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले संघियता र गन्तन्त्रलाई रक्षा गर्दै नेपाललाई हिन्दु राष्ट्रिय बनाउन सरोकारबालाहरु अगाडि आउनुपर्ने बताए । 
उनले भने हिन्दु राष्ट्रियको नाममा केही व्यक्तिहरु राजालाई अगाडि सारेको देखदा दुःख लागेको छ । उनले राष्ट्रिय एकता  अभियानले संघिय हिन्दु गन्तन्त्र सहितको देश बनाउने कल्पना गरेको बताए । 
अध्यक्ष यादवले कम्युनिष्ट सरकारको आडमा चीनले उत्तरी भु–भागको सिमाहरु मिचदै आएको प्रति आपति जनाएका छन् । उनले कम्युनिष्ट शासन मुक्त नेपाल बनाउनु पर्नेमा जोडदिए । 


अध्यक्ष यादवले उतरी भु–भागमा चीनले मिचेको सिमाको जिपिएस कोडिनेट सरकार सँग बारमबार सार्वजनिक गर्न माग गर्दा पनि सार्वजनिक नगर्दा कम्युनिष्ट सरकाप्रति शंका गर्नुको बिकल्प नरहेको बताए । उनले सगरमाथा क्षेत्रको उतरी भु–भाग चीनले कब्जा गर्दै गईरहेको सरकारलालई ध्यानाकर्षण गराए । 
अभियानका धुनषा संयोजक ललन नायकको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका केन्द्रिय उपाध्यक्ष सुनिता साह, जिल्ला सल्लाहकार रबी नायक, मोहत्तरी प्रभारि अर्जुन मिश्र लगायतले देशमा संघिय हिन्दु गन्तन्त्र सहितका आन्दोलन अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...