प्रदेश २ लोक सेवा आयोगको अध्यक्षमा प्राध्यापक यादव नियुक्त

  • भदौ ५, २०७६
  • ९३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश २ सरकारले प्रदेश लोक सेवा आयोग अध्यक्षमा प्राध्यापक सुरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले बिहीबार सिराहाका प्रध्यापक यादवलाई अध्यक्ष पदमा चयन गरेको हो । केही दिनअघि प्रदेश २ को प्रदेसभाबाट प्रदेश २ को लोकसेवा विधेयक पारित गरेको थियो । अब लोकसेवा आयोग अध्यक्षसमेत चयन भइसकेकाले प्रदेश सरकाले चाँडै भर्ना खोल्ने तयारी गरिरहेको छ । सिफारिस समिति सदस्यमा सभामुख सरोज यादव र प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...