सिरहाको भगवानपुरमा एकता बिकास सहयोगी नेपालद्धारा एक दिने निशुल्क शिबिर सम्पन्न

  • चैत २९, २०७७
  • ६५६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता सिरहा,  चैत्रसिरहाको भगवानपुर गाउँपालिका वडा नं. ४ मा एक दिने निशुल्क पाठेघर सम्बन्धि शिविर सम्पन्न भएको छ । वडा नं. ४ का अध्यक्ष विन्देश्वर साह तेलीको अध्यक्षतामा सम्पन्न उक्त शिविरमा पाठेघर सम्बन्धि जाँच तथा भिडियो एक्सरे सेवा प्रदान गरिएको छ ।

एकता विकास सहयोगी नेपालद्धारा संचालित उक्त  वडा स्तरीय शिविरमा निःशुल्क जाँचको साथै निःशुल्क औषधि पनि वितरण गरिएको छ । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.विरेन्द्र यादव र सोनोलोजिष्ट डा.जितलाल यादवले आफ्नो सेवा प्रदान गर्दै शिविरलाई थप प्रभावकारी बनाईएको थियो ।

सामान्य विरामीलाई पनि उक्त शिविरमा सेवा प्रदान गरिएको थियो । एक दिने निःशुल्क पाठेघर सम्बन्धि शिविरमा १४८ जनाको सहभागिता रहेकोमा ८७ जनालाई निःशुल्क भिडियो एक्सरे गरिएको छ । उक्त शिविरबाट लाभान्वित व्यक्तिहरुले आगामी दिनहरुमा पनि एस्तै किसिमको शिविर संचालन गर्दा अति विपन्न, गरिव र असहाय व्यक्तिहरुलाई उपचार गर्न सहयोग पुग्छ भन्दै एकता विकास सहयोगी नामक गैर सरकारी संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...