पश्चिम नवलपरासीमा एक लाख पाच हजार मूल्य बराबरको अवैध मालसामान बरामद

  • चैत २७, २०७७
  • ६६८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

पश्चिम नवलपरासीमा एक लाख पाच हजार मूल्य बराबरको अवैध मालसामान बरामद उर्मिला यादव यात्री चैत २७ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको करिब एक लाख पाच हजार नौ सय रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । बिहीबार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नम्बर एक रमपुरवाबाट कुलिंग वाटर दश पिस, कब्जा एक हजार आठ सय पिस, डोल्ची २४ पिस र नटबोल्ट नौ किलो बरामद गरेको हो । उक्त हार्डवयरको सामान ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...