प्रत्यक्ष प्रणालीको माध्यम बाट सिरहा लगायत देशैभरी पत्रकार महासंघको चुनाव शुरु

  • चैत २५, २०७७
  • ७१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिनाेद मण्डल प्रदेश टाइम्स  चैत्र २५ । प्रत्यक्ष प्रणालीको माध्यम बाट सिरहा लगायत देशैभरी पत्रकार महासंघको चुनाव शुरु भएको छ।नेपाल पत्रकार महासंघ सिराहा शाखाको चुनाव बिधिबत रुपले आज बुधबार १० बजे देखि  शुरू भएको छ । पूर्व निर्धारित समय अनुसार सिरहाको लहान स्थित उद्योग वाणिज्य संघको कार्यालयमा मतदान शुरु भएको हो । शान्तिपूर्ण वातावरणमा भइरहेको मतदानमा जिल्लाका सम्पूर्ण पत्रकारहरुको सहभागीता रहेको छ । केन्द्र ,प्रदेश र जिल्ला तहको एकै समयमा हुन लागेको निर्वाचनमा सिराहा शाखामा सभापतिको लागि  मनोज बनैता यादव र गठबंधन बाट हिरालाल चौधरी यतिबेला प्रतिस्पर्धामा रहेका छन् । सिराहा शाखाबाट पत्रकार विनोद मण्डल लगायत ४ जना यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन् भने आजको निर्वाचनको अन्तिम परिणाम पनि आजै घोषणा गरिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...