महन्थ ठाकुरले सरकार नेतृत्वको दाबी पछि मधेसी जनता खुशी

  • चैत २३, २०७७
  • ४३३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको नेतृत्व दाबी गरेका छन् । ठाकुरको दाबीले सत्तासंघर्ष रोचक मोडमा पुगेको छ ।

नेपाली काँग्रेसले सरकारको नेतृत्वको पहल गर्ने निर्णय गरेपछि ठाकुर असन्तुष्ट बनेका छन् । उनले निर्णायक शक्ति भएकाले सरकारको नेतृत्वको दाबी नछाड्ने अडान लिएको बुझिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुसँगको भेटमा ठाकुरले जसपाले सरकारको नेतृत्व लिने विषय राखेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

ठाकुरनिकट नेता राजकिशोर यादवले पनि सधै अरुलाई सरकार बनाउन सहयोग गर्दै आएको स्मरण गराउँदै अब आफूहरुले नेतृत्व पाउनुपर्ने बताउँदै आएका छन् । जसपाको दाबीले सत्ता संघर्षले रोचक तरिकाले समिकरण बन्ने सम्भावना बढेको छ ।

ठाकुरको नाममा सहमति भएमा मात्र काँग्रेस, माओवादी केन्द्र र जसपाको समिकरण बन्ने सम्भावना बलियो छ । नेतृत्व नपाए ठाकुरको समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकिने सम्भावना देखिदैछ । ओलीले जसपासहित काँग्रेस र माओवादी केन्द्रको समिकरण बन्न लागेमा ठाकुर समूहलाई आफ्नो पक्षमा ल्याउन सत्ता साझेदारीको राजनीतिक तुरुप फाल्ने सम्भावना पनि छ ।

ठाकुर समूहलाई महत्वपूर्ण मन्त्रालय दिनेगरी भरसक सहमति निकाल्ने नभए उनैलाई प्रधानमन्त्री बनाएर जाने सम्भावना पनि देखिदैछ । ओलीले जसरी हुन्छ आफूविरुद्ध सत्ता समिकरण बन्न नदिने रणनीति बनाएर सक्रियता देखाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...