सामाजिक सञ्जाल सुरक्षित नेपाली महिला

  • चैत २१, २०७७
  • ४८५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि दक्षिण एसियामै सुरक्षित राष्ट्र भारतमा भएको एक अध्ययनले जनाएको छ । सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि सुरक्षित भएको पाइएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरम सार्वजनिक गरेको उक्त प्रतिवेदनमा दक्षिण एसियामा सामाजिक सञ्‍जालमा महिला कति सुरक्षित भन्दै अध्ययन गरिएको थियो । ‘होल्डिङ अप हाफ द स्काइ ? हाउ होसाइल द साउथ-एसियन सोसल मिडिया स्पेस फर वुमन’ शीर्षकमा गरिएको उक्त अध्ययनमा महिलाहरुलाई सामाजिक सञ्‍जालमा गरिने दुर्व्यवहार र दुर्व्यवहारको प्रकृतिबारे अनुसन्धान गरिएको हो ।

प्रतिवेदन अनुसार अन्य मुलुकको तुलनामा नेपाली पुरुषहरुले सामाजिक सञ्‍जालमा महिलाहरुलाई अश्‍लित शब्दहरुको प्रयोग गर्ने कम गरेको पाइएको हो । यस मामिलामा सबैभन्दा बढी भारत, त्यसपटि क्रमश: पाकिस्तान, माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन् ।

डिसइन्फो ल्याबका अनुसार अब्युज-ओ-मिटरका अनुसार राजनीतिज्ञहरुमा भारतमा प्रियंका गान्धी, पाकिस्तानमा मरियम नवाज, माल्दिभ्समा इभा अब्दुल्लालाई सबैभन्दा बढी दुर्व्यवहार गरेको पाइएको ह्यो ।

अन्य सार्क राष्ट्रहरुको तुलनामा नेपालमा दुर्व्यवहार हुने क्रम ८० प्रतिशत कम भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...