प्रतिबन्धित लागुऔषधसहित सिरहामा दुई युवक पक्राउ

  • साउन ३२, २०७६
  • ३७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, ३२ साउन । सिरहा प्रहरीले दुई छुट्टाछुट्टै ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले लहान नगरपालिका १ बस्ने २६ वर्षीय मनोज प्रसाद खत्वे र सिरहा नगरपालिका १७ माडरबाट ठेगाना नखुलेका अन्दाजी २७ वर्षीय विजयकुमार पासवानलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरिएको हो । प्रहरीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिञ्ज र पासवानको साथबाट नाइट्रभेट एक सय ५० ट्याब्लेट बरामद भएको जनाएको छ। दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...