चिनियाँ एटीएम ह्याकर पक्राउ

  • चैत १८, २०७७
  • ४२१ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो ।

मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा उनी रंगेहात पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनको साथबाट मोबाइल ४ थान, बिभिन्न किसिमका १० वटा चाबीहरुसहितको झुप्पा १ थान, विभिन्‍न बैंकको १० थान एटीएम कार्ड, चाइनिज युआन २ हजार ३ सय ८२ , अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद गरिएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केहि समय अघि चिनियाँ ह्याकरहरुकै कारण नेपालका बैंकहरुबाट करोडौं रुपैयाँ ह्याकको प्रयास भएको थियो । त्यतिबेला बैंकरको चलाखीका कारण नेपालको करोडौं रुपैयाँ ह्याक हुन बाट जोगिएको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...