अनुदानको ८ लाख खोप ल्याउन २ करोडभन्दा बढी खर्च !

  • चैत १३, २०७७
  • ६४९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको 8 लाख डोज चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोड बढी रकम लाग्ने भएको छ।

निगमका अनुसार उक्त चिनियाँ खोप नेपाल ल्याउन २ करोड १८ लाख १० हजार ३ सय ३२ रुपैयाँ भाडा लाग्ने भएको छ। चीनले यात्रुबाहक जहाजबाट खोप पठाउन नमानेपछी नेपाल सरकार चीनबाट खोप ल्याउन बिशेष विमान नै चार्टर गर्नुपरेको स्वास्थ मन्त्रालयले बताएको छ।

चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप नेपाल ल्याउन लागि निगमको जहाज १५ गते उडान भर्ने छ।

स्मरण रहोस नेपाल ल्याउन लागिएको चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनले हालसम्म पनि प्रयोगको लागि अनुमति दिएको छैन भने क्लिनिकल ट्रायलको कागजात बिनै उक्त चिनियाँ खोप नेपाल ल्याउन लागिएको छ। यद्यपिचिनियाँ दूतावासको दबाबमा सो खोप नेपाल ल्याउन लागिएको हो। सरकारले क्लिनिकल टायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएन।

यसअघि छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोनाविरुद्ध कोभिशील्ड खोप आफ्नै खर्चमा नेपाल ल्याई दिएको थियो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...