कृष्णनगर नगरपालिकामा हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने

  • चैत १०, २०७७
  • ५८१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता, कपिलबस्तु चैत्र १० कपिलबस्तुको कृष्णनगर नगरपालिकामा आगामि चैत्र २० गते देखि हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने अभियान चलाईने भएको छ । गतबर्ष झैं यस वर्ष पनि स्वास्थ्यकर्मिहरुले पालिकाका प्रत्येक घर घरमा गई १३ औं चरणमा औषधि खुवाउने कार्यक्रम तय भएको छ । कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा मंगलवार स्वास्थ्य चौकी चैपुरवाको हलमा आयोजित राष्ट्रिय हात्तिपाईले रोग निवारण संबन्धि बहुनिकाय अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको हो । कार्यक्रममा , नगरपालिका कर्मचारी, विभिन्न वडाका वडाअध्यक्ष , संचारकर्मि तथा स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई सि. अ.हे.वा. विष्णु पौडेलले हात्तिपाईले रोगको संक्रमण र यसबाट बच्ने उपायको बारे जानकारी गराउनुभएको थियो । अन्तरकृया कार्याक्रममा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको प्रमुख शंकर भट्टराई ले सरूवा रोग भएकाले सचेत रहन आग्रह गर्दै,कयुलेक्स जातको पोथी संक्रमित लामखुट्टेले मानिसलाई टोके पछि यो रोग लाग्ने भन्दै यहि चैत्र २० गते हाती पाइले रोगको खोप खुवाइदैछ, यो मितिमा सबैले खान लाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...