ब्राउन सुगरजस्तो पदार्थसहित सिरहामा नरहा ३ खोरियाका एक युवक पक्राउ

  • असोज ३, २०८३
  • ९३ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ४ः५५ बजे इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका नरहा गाउँपालिका–३ खोरीया टोलका २४ वर्षीय महमद साहिल आलमलाई चेकजाँच गरेको थियो। सो क्रममा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ९० मिलिग्राम र प्लास्टिकबाहेक १ ग्राम ३८ मिलिग्राम तौल भएको ब्राउन सुगरजस्तो देखिने पदार्थ तथा एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। बरामद पदार्थ र मोबाइलसहित आलमलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...

२ लाख ८० हजार सवारीक ...

सिरहा । यातायात व्यवस्था कार्यालय, लहानमा हालसम्म २ लाख ८० हजार ३२२ वटा सवारीसाधन दर्ता रहेको कार्या ...