भदौमा सिरहा प्रहरीमा १२५ अपराध दर्ता, ६० प्रतिवादी पक्राउ सिरहा

  • असोज ३, २०८३
  • ५१ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराधसम्बन्धी घटना दर्ता भएको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरणअनुसार सो अवधिमा चालु मुद्दाका ६० जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनतर्फ ७२ जना फरार प्रतिवादी पक्राउ गरिएको छ। प्रहरीका अनुसार भदौ महिनामा कर्तव्य ज्यानसम्बन्धी दुईवटा गम्भीर अपराध दर्ता भएका छन्। आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ५, जुवाताससम्बन्धी १ र ठगीसम्बन्धी ४ गरी १० वटा घटना दर्ता भएका छन्। त्यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। लागुऔषध नियन्त्रणतर्फ प्रहरीले भदौ महिनामा १६०.११ किलो गाँजा र १३८.२७० ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। लागुऔषधसम्बन्धी १४ वटा मुद्दा दर्ता हुँदा २२ जना पक्राउ परेका छन्। प्रहरीले Onerex १०० एमएलका १७ बोतल, Corcof-C का १२३ बोतल र Nitzascen Tablet १९ पिससमेत बरामद गरेको विवरणमा उल्लेख छ। भदौ महिनामा सिरहामा ९६ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ। ती दुर्घटनामा ६ जनाको मृत्यु र १५६ जना घाइते भएका छन्। दुर्घटनामा १३६ वटा सवारीसाधन संलग्न रहेको तथा प्रहरीले १ हजार १३ वटा सवारीमाथि कारबाही गरी १० लाख ४१ हजार रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ। दुर्घटनाका कारणमध्ये अधिकांश चालकको लापरबाहीसँग सम्बन्धित रहेको प्रहरी विवरणमा उल्लेख छ। प्रहरीले अवैध भन्सार छली नियन्त्रणका क्रममा २ लाख ७८ हजार ४ सय रुपैयाँ बराबरका सामान बरामद गरी पाँच जनालाई पक्राउ गरेको जनाएको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ आठवटा सवारीसाधन बरामद गरी १ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ। अवैध मदिरा नियन्त्रणतर्फ १०८ लिटर मदिरा बरामद गरिएको विवरणमा उल्लेख छ। विपद् व्यवस्थापनतर्फ भदौ महिनामा २१ वटा घटना भएको प्रहरीले जनाएको छ। ती घटनामा सात जनाको मृत्यु र छ जना घाइते भएका छन्। आगलागीका १० घटनाबाट मात्रै २३ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ। विपद् व्यवस्थापनका क्रममा १३९ जना प्रहरी परिचालन गरिएको जनाइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी घटनातर्फ पनि प्रहरीमा उजुरी परेको छ। घरेलु हिंसासम्बन्धी विभिन्न स्थानीय तहबाट ७९ वटा उजुरी परेकोमा ६५ वटा मिलापत्रबाट टुंग्याइएको विवरणमा उल्लेख छ। हराएका महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकमध्ये ४६ जना हराएको र ३० जना फेला परेको प्रहरी तथ्यांकमा उल्लेख छ। अनुचित लेनदेन नियन्त्रणतर्फ ५५ वटा मिलापत्र तथा फछ्र्यौट निवेदनबाट १ करोड ४४ हजार ६७ रुपैयाँ बराबरको रकम मिलापत्र तथा फछ्र्यौट भएको र ७ कठ्ठा ९ धुर जग्गा फिर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीले अपराध न्यूनीकरणका लागि नियमित गस्ती, चेकजाँच, भारतका सुरक्षा निकायसँग समन्वय, Crime Pattern Analysis, CCTV, डिजिटल अभिलेख तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। भदौ महिनामा समुदाय केन्द्रित ९९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी १ हजार ७३९ जनालाई सहभागी गराइएको प्रहरीको विवरण छ। विद्यालय केन्द्रित कार्यक्रममार्फत पनि लागुऔषध, आत्महत्या, महिला हिंसा, अभद्र व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरणबारे विद्यार्थीलाई सचेत गराइएको छ। प्रहरीका अनुसार भदौ महिनामा प्रहरीको हटलाइन तथा जिल्ला प्रहरी कार्यालयका सम्पर्क नम्बरमा ४ हजार ८३३ वटा कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्षमा ४ हजार ४७४ जना सेवाग्राही दर्ता भएका छन्। सूचना प्रवाहतर्फ एकवटा प्रेस विज्ञप्ति जारी गर्नुका साथै पत्रकारहरूसँग ११ पटक भेटघाट गरिएको प्रहरीको प्रगति विवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...

२ लाख ८० हजार सवारीक ...

सिरहा । यातायात व्यवस्था कार्यालय, लहानमा हालसम्म २ लाख ८० हजार ३२२ वटा सवारीसाधन दर्ता रहेको कार्या ...