२ लाख ८० हजार सवारीको अभिलेख, तर तथ्यांकमै देखियो अन्योल

  • असोज १, २०८३
  • १५२ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा । यातायात व्यवस्था कार्यालय, लहानमा हालसम्म २ लाख ८० हजार ३२२ वटा सवारीसाधन दर्ता रहेको कार्यालयले उपलब्ध गराएको विवरणले देखाएको छ। कार्यालयको विवरणअनुसार सबैभन्दा धेरै ट्र्याक्टर तथा पावर टिलर १ लाख ६४ हजार ६५४ वटा दर्ता छन् भने दुई पाङ्ग्रे सवारी १ लाख ४१ हजार २४५, साना सवारी ४२ हजार ८२५, ठूला सवारी १३ हजार ४७ र टेम्पो/ठेला रिक्सा ११ हजार ९७१ वटा दर्ता रहेको उल्लेख छ। त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ को श्रावण मसान्तसम्म ६७० वटा नयाँ सवारीसाधन दर्ता भएको कार्यालयको विवरणमा उल्लेख छ। तर कार्यालयबाट उपलब्ध गराइएको कागजातमा तथ्यांकको प्रस्तुतीकरण र कुल योगबीच नै अन्योल देखिएको छ। विभिन्न शीर्षकमा उल्लेख गरिएका संख्या जोड्दा उल्लेखित २ लाख ८० हजार ३२२ को कुल योगसँग पूर्ण रूपमा मेल नखाने अवस्था देखिन्छ, जसले कार्यालयको सवारी अभिलेखको शुद्धता र अद्यावधिक अवस्थामाथि प्रश्न उठाएको छ। अझ कार्यालयकै टिप्पणीअनुसार २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा कार्यालयमा आगजनी तथा लुटपाट हुँदा भौतिक संरचनासँगै अभिलेख तथा श्रेस्ता जलेर नष्ट भएका थिए र त्यसपछि डिजिटल इन्ट्री तथा अभिलेख पुनः कायम गर्ने काम प्रभावित भएको छ। कार्यालयले अभिलेख पुनःस्थापनाको प्रक्रिया जारी रहेको जनाउँदै मागअनुसार छुट्टाछुट्टै ढाँचामा पूर्ण विवरण उपलब्ध गराउन नसकिएको जनाएको छ। यस्तो अवस्थामा लाखौँ सवारीसाधनको स्वामित्व, दर्ता, नवीकरण, नामसारी तथा राजस्वसम्बन्धी अभिलेख कति सुरक्षित र अद्यावधिक छन् भन्ने प्रश्नसमेत उठेको छ। विशेषगरी कार्यालयमा दर्ता भएका सवारीमध्ये कति हाल सञ्चालनमा छन्, कति नवीकरण नभएका वा निष्क्रिय छन्, आन्दोलनपछि कति अभिलेख पुनःस्थापित भए र कति अझै डिजिटल प्रणालीमा प्रविष्ट हुन बाँकी छन् भन्ने स्पष्ट विवरण सार्वजनिक हुन सकेको छैन। यसका साथै कार्यालयले उपलब्ध गराएको तथ्यांकमा सवारी वर्गीकरण, आर्थिक वर्ष र हालसम्मको जम्मा संख्याबीच देखिएको असंगतिलाई समेत सच्याएर आधिकारिक र प्रमाणित तथ्यांक सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ। लाखौँ सवारीसाधनको अभिलेख व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको कार्यालयको तथ्यांकमै अन्योल देखिनुले अभिलेख व्यवस्थापन, डिजिटल ब्याकअप, पारदर्शिता र सेवाग्राहीको अभिलेख सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...