प्रहरी हत्याका फरार अभियुक्त २२ महिनापछि गोली लागेर पक्राउ

  • असोज ३, २०८३
  • २०२ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर दिई हत्या गरेको घटनामा फरार रहेका मुख्य अभियुक्त मोहम्मद कुर्बान मन्सुरी २२ महिनापछि प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नरजापुर गाउँपालिका–५ का ३७ वर्षीय मन्सुरीलाई बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार २०८१ साल मंसिर १६ गते बिहान करिब ३ बजे बरियारपट्टी गाउँपालिका–२, कचनारीस्थित नेपाल–भारत सीमा नजिक भारततर्फ टाटा सफारी गाडीमा ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले गाडी रोकेर चेकजाँच गर्न खोज्दा DL 5 CJ 7171 नम्बरको गाडीले ड्युटीमा रहेका स.प्र.नि. लक्ष्मण प्रसाद यादवलाई ज्यान मार्ने उद्देश्यले ठक्कर दिई किचेर हत्या गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ। घटनापछि फरार रहेका प्रतिवादीमध्ये मुख्य अभियुक्त मन्सुरी भारतको बिहार राज्यस्थित मधुबनी जिल्लाको लौकही थाना क्षेत्रको घोडामोहना गाउँमा लुकिछिपी बस्दै आएको प्रहरीको भनाइ छ। प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार बरियारपट्टी–१ कचनारीस्थित नेपाल–भारत सीमा नजिक मन्सुरीसहित तीन जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीतर्फ लक्षित गरी एक राउन्ड फायर गरेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले जवाफी कारबाहीस्वरूप तीन राउन्ड गोली चलाउँदा मन्सुरीको बायाँ हातको कुहिनो र दाहिने खुट्टाको घुँडामा गोली लागेको थियो। घाइते मन्सुरीलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएकोमा उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

२ लाख ८० हजार सवारीक ...

सिरहा । यातायात व्यवस्था कार्यालय, लहानमा हालसम्म २ लाख ८० हजार ३२२ वटा सवारीसाधन दर्ता रहेको कार्या ...