विष्णुपुर गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ५३ करोड ७३ लाखभन्दा बढीको व्यय अनुमान

  • असोज १, २०८३
  • १८५ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा । विष्णुपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ७३ लाख ६२ हजार रुपैयाँको कुल व्यय अनुमान गरेको छ। बुधबार वडा नम्बर ५ लक्ष्मिपुरको एक हलमा सम्पन्न भएको गाउँपालिकाको १२औँ अधिवेशनको दोस्रो बैठकबाट पारित निर्णयसम्बन्धी कागजातमा विभिन्न शीर्षकअन्तर्गत उक्त व्यय अनुमान गरिएको उल्लेख छ। कागजातअनुसार आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाको कुल अनुमान ५५ करोड २३ लाख २५ हजार ५५० रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षका लागि अनुमानित व्यय घटेर ५३ करोड ७३ लाख ६२ हजार रुपैयाँ कायम गरिएको छ। अघिल्लो वर्षको तुलनामा आगामी वर्षको अनुमान करिब १ करोड ४९ लाख ६३ हजार ५५० रुपैयाँले कम हो। आगामी आर्थिक वर्षका लागि विषयगत बजेटतर्फ १९ करोड ४३ लाख ९० हजार रुपैयाँ अनुमान गरिएको छ। त्यस्तै विपद् व्यवस्थापन कोषका लागि १५ लाख रुपैयाँ, संघबाट प्राप्त सशर्त अनुदान (पूँजीगत) का लागि २५ लाख रुपैयाँ र संघीय समपूरक अनुदान कार्यक्रमका लागि १ करोड ४५ लाख रुपैयाँ राखिएको कागजातमा उल्लेख छ। यसैगरी संघीय विशेष अनुदान कार्यक्रमअन्तर्गत २ करोड ५४ लाख रुपैयाँ, प्रदेश सशर्त अनुदान (पूँजीगत) कार्यक्रमका लागि २० लाख रुपैयाँ तथा प्रदेश विशेष अनुदान कार्यक्रमका लागि २० लाख रुपैयाँ अनुमान गरिएको छ। प्रदेश समपूरक अनुदान कार्यक्रमतर्फ भने शून्य बजेट देखाइएको छ। गाउँपालिकाले समपूरक कोषका लागि २ करोड रुपैयाँ र लक्षित कार्यक्रमका लागि ३३ लाख रुपैयाँ विनियोजन अनुमान गरेको छ। क्रमागत आयोजनाका लागि ४ करोड ९३ लाख ८४ हजार रुपैयाँ तथा विगत वर्षका आयोजना तथा कार्यक्रमको भुक्तानी बाँकीका लागि ३ करोड ४३ लाख १७ हजार रुपैयाँ अनुमान गरिएको छ। त्यसैगरी सशर्त बजेट फिर्ता तथा कर दाखिला शीर्षकमा ९० लाख रुपैयाँ राखिएको कागजातमा देखिन्छ। गाउँपालिकाको आगामी वर्षको व्यय अनुमानमा संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त, समपूरक र विशेष अनुदानसँगै क्रमागत आयोजना र विगत वर्षको भुक्तानी दायित्वलाई समेत समेटिएको देखिन्छ। अब यी शीर्षकमा छुट्याइएको रकम कुन-कुन योजना तथा कार्यक्रममा खर्च हुन्छ र त्यसको कार्यान्वयन अवस्था कस्तो रहन्छ भन्ने विषयले गाउँपालिकाको आगामी बजेट कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...