सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० कुर्वा हनुमाननगरस्थित श्री माध्यमिक विद्यालयमा प्रधानाध्यापक र एक शिक्षिकाबीच भएको भनिएको घटनालाई लिएर स्थानीय स्तरमा व्यापक चर्चा र चासो बढेको छ। उक्त घटनाको निष्पक्ष र सूक्ष्म छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग उठिरहेको छ। स्रोतका अनुसार घटना बाहिर नआओस् भन्ने उद्देश्यले पछिल्लो १० दिनदेखि स्थानीय जनप्रतिनिधिहरूको मिलेमतोमा विभिन्न प्रयास भइरहेको आरोप लागिएको छ। प्रारम्भमा “३६ सिंह” (नाम परिवर्तन) ले कानुनी प्रक्रिया अगाडि बढाउने बताएकी भए पनि पछि राजनीतिक दबाबका कारण मुद्दा मिलाउने प्रयास भएको बताइन्छ। साथै, आर्थिक प्रलोभन र आश्वासनपछि उनी केही लचक देखिएको समेत स्रोतले जनाएको छ। यस सम्बन्धमा घटनामा संलग्न भनिएका प्रधानाध्यापकलाई प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन स्विच अफ रहेकोले सम्पर्क हुन नसकेको बताइएको छ। यद्यपि, यस विषयमा सम्बन्धित अन्य पक्षबाट औपचारिक पुष्टि हुन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved