गुरदयाल यादवको बगैंचादेखि पूर्वी मूल नहरसम्म ४ करोड ७० लाखमा सडक ढलान सुरु

  • भदौ ९, २०८३
  • १९० पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

 विष्णुपुर गाउँपालिकामा गुरदयाल यादवको बगैंचादेखि पूर्वी मूल नहरसम्म करिब ४ करोड ७० लाख रुपैयाँको लागतमा सडक ढलान कार्य सुरु भएको छ। सडकमा ७ मिटर चौडा पेभमेन्ट, ३ मिटर फुटपाथ तथा दुवै छेउमा १–१ मिटर चौडा नाला निर्माण गरिने जनाइएको छ। मंगलबार सडक निर्माणस्थलको अनुगमन गर्दै विष्णुपुर गाउँपालिका–२ का वडाध्यक्ष प्रमोदकुमार यादव र गाउँपालिकाका प्राविधिक इन्जिनियर रामचन्द्र यादवले निर्माण कार्य सुरु भएको जानकारी दिएका हुन्। इन्जिनियर यादवका अनुसार संघीय सरकारबाट समपूरक अनुदानअन्तर्गत प्राप्त ७ करोड रुपैयाँको बजेटबाट ई–बिडिङ प्रक्रियामार्फत ठेक्का आह्वान गरिएको थियो। प्रतिस्पर्धात्मक प्रक्रियाबाट ४ करोड ७० लाख रुपैयाँमा ठेक्का कबोल गर्दै डोको कबिरा जेभी कन्स्ट्रक्सन, सवैलाले सडक निर्माणको जिम्मेवारी लिएको हो। सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै क्षेत्रको यातायात तथा पूर्वाधार विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

कक्षा ५ मा पढ्ने जनक ...

वीरगञ्जमा सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिक ...

तीन वर्षदेखि लेखापरी ...

सिरहा  । जनता माध्यमिक विद्यालय गौरिपुर विगत तीन वर्षदेखि लेखापरीक्षण नगराई सञ्चालन भइरहेको पाइ ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...