वीरगञ्जमा सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४, कोलहुवा निवासी तथा राष्ट्रिय माध्यमिक विद्यालय, मुसहरनियामा कक्षा ५ मा अध्ययनरत प्रणव प्रशान्त झाले स्वर्ण पदक जितेका छन्। इन्द्रकुमार झा (मधेशानन्द) का साहिँला छोरा प्रणवले अन्डर–१८ केजी तौल समूहमा सहभागी हुँदै उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए। प्रतियोगिताको पहिलो राउन्डमा उनले १५–० अंकको शानदार जित दर्ता गरेका थिए भने दोस्रो राउन्डमा समेत आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै २०–० को एकपक्षीय जित हासिल गरी स्वर्ण पदक आफ्नो नाममा पारे। सानै उमेरमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेपछि प्रणवको परिवार, विद्यालय तथा स्थानीय खेलप्रेमीहरूमा खुसी छाएको छ। उचित प्रशिक्षण, आवश्यक अवसर र निरन्तर प्रोत्साहन पाए प्रणवले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च राख्न सक्ने भन्दै परिवार, शिक्षक तथा खेलप्रेमीहरूले उनको उज्ज्वल खेलजीवनको शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved