समाजबादमा लोकसंस्कृति झिझिया नृत्य नास्तिक कि आस्तिक तराई मधेशको गाउँदेखी शहर सम्म झिझियाले अछुतो छैन

  • आश्विन २०, २०७६
  • ७६५ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव
प्रकाशक/सम्पादक
(प्रदेश टाइम्स दैनिक)
समाजिक अनुष्ठानमा अधारीत लोकसंस्कृति झिझिया नृत्य यतिखेर तराई मधेशको गाउँदेखी शहर सम्म गुँज्जेको देखिन्छ । हिन्दु संस्कृतिमा बिजया दशमी सगैं हुने झिझिया नृत्यले नेपालि समाजबाद र समाजबाद उब्जिने तृथस्थलहरु कतै झिझिया नृत्यले अछुतो छैन । बरु यस्ता लोकसंस्कृति झिझिया नृत्य समय सापेक्ष बर्षेनि थप गुणक भएको सर्वबिदित छ । ।समाजमा मानिसहरुको धर्म संस्कृति प्रतिको आस्था समेत बढेको छ । यतिका समय हिन्दुधर्म र धर्ममा अधारीत सम्पुर्ण लोक संस्कृति कला नृत्य सजावट सृगांर र पौरानिक नाच संस्कृतिमा मानिसका बिश्वास पुर्ण रुपले जमेको छ ।बिश्वमा अहिले सम्म रहेको समाजबादका सम्पुर्ण सिद्धान्तहरु नस्तिक समाजबाद रहेको देखिन्छ ।किन भन्ने यहाँ संसारमा धर्म संस्कृति नमान्नेको संख्या पनि कम नरहेको देखिदैनन । यस किसिमको धर्म संस्कृति नमान्ने समाजबाद नास्तिक समाजबाद हो । नेपालि समाजबाद अन्तरगत यस्ता किसिमको नास्तिक समाजबाद टिक्न नसकिने भन्ने कुराहरु समाजिक संजालहरुमा दबेर बसेको छैन । अस्ती दशैको मुखमा तराई मधेशका लोक मार्गमा राति बाटो छिचोल्दा चौक चौकमा दुर्गा पुजाको अवसरमा पुजाको रौनक सगैं रोडहरुमा मानिसको भिड देखेर नेपालमा आस्तिक समाजबादको ढाँचा तयार गर्नुपर्ने आवश्यक्ता रहेको बिजय मिश्रको फेसबुक स्टाटसमा पनि देखि सके । आस्तिक समाजबाद भनेको समाजिक सुरक्षाको परिवारिक लोक अनुष्ठानमा धर्म,संस्कृति,रितिरिवाजलाई मान्ने तथा शिरोधार्य गर्नै संचालन गरिने समाजबादको ढाँचा हो । (स्पष्टिकरणमा सन्दर्भ र प्रसगं तराई मधेशमा गुज्जिदै आएको झिझिया नृत्यको¬¬)

पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया तराई मधेशको गाउँदेखी शहर सम्म सुरु भएको छ । यसमा पूर्ण रूपमा तान्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ । झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफ्ना सन्तानको सुरक्षा गर्नु रहेको छ । एक विशेष ताल र आरोह अवरोहमा गाइने गीतको बोलसँगै टाउकामा घैँटो राख्न लोकनृत्य सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही,रौतहट बारा, पर्सा लगायत तराई मधेशको गाउँदेखी शहर सम्म सुरु भएको छ झिझियामा प्रयोग हुने घैंटोमा गरिएका असङ्ख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसको निहित विशेष अर्थलाई सकेत गर्छ । महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गनेमा त्यो नाच्ने महिला ठहरै हुन्छे भन्ने जनविश्वास रहेको छ ।यसको बनावट र स्वरूपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ ।एक विशेष ताल र आरोह अवरोहमा गाइने गीतको बोलसँगै टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै दुवै हातले गीतको भाउमा ताली बजाउँदै जाँदा अद्भूत वातावरणको निर्माण हुन्छ र महिला यस लोक अनुष्ठानमा सुर बिर्सेर तल्लीन भइरहेका हुन्छन् । नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिएको हुन्छ, बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने जनविश्वास पनि रहेको छ ।झिझिया नृत्यमा बोक्सीलाई गाली मात्र गरिँदैन उसलाई यसरी धम्क्याउने काम पनि गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोक नृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ । यसको बनावट र स्वरूपभित्र जादू, टुनामुना, बोक्सी आदिको परम्परागत मान्यता रहेकाले समाजमा व्याप्त बोक्सीको प्रभावलाई कम गर्न यसको अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ ।कुनैकुनै बेला ताली बजाउँदै टाउको तल ल्याउँछन, फेरि ताली बजाउँदै यथास्थानमा राख्छन् । घैंटामा बलिरहेको दियोको मद्धिम प्रकाश, मुहानमा दन्किरहेको आगो, तालमा नाचिरहेकी कुनै महिला र झुन्डमा गीतको लहरीले अद्भूत वातावरणको निर्माण हुन्छ र महिलाहरू यस लोकअनुष्ठानमा सुर बिर्सेर तल्लीन भइरहेका हुन्छन । नृत्यसँगै गाइरहेको गीतमा बोक्सीलाई गाली गरिरहेको पाइन्छ । विश्वास छ कि बोक्सीलाई गाली गर्नाले उनीहरूको मारक क्षमतामा कमी आउँछ र बालबच्चाको सुरक्षा हुन्छ ।समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइनी बोक्सी महिला जादू मन्त्र सिकेर, त्यसको सिद्धिका लागि गाउँका जन्मजात बालबालिकाहरूलाई कुनै करणीद्वारा मारेर मसानमा त्यहीं मरेको बच्चालाई जिउँदो पारी नाङ्गै नृत्य गर्छन् । विजयादशमीको अवसरमा यस्ता घटनामा वृद्धि हुन थालेपछि महिलाहरू नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्ने बोक्सीहरूको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे जो आजसम्म चलिरहेको छ । आफ्ना शाखासन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ ।यसको अर्को उद्देश्य दशमीका बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको छ । झिझिया नृत्य गर्दै गाइने गीतमा बोक्सीलाई गाली गर्नुका साथै भगवती दुर्गालाई अभ्यर्चना गरिएका अत्यन्त मोहक गीतहरू पनि गाइन्छन् । त्यसमा प्रत्येक दसैंमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृंगार डोलीमा सवारी र कामाख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरू गाइने गरिन्छ ।झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्छ । एउटा वा दुइटा स्वच्छ घैंटो किनेर ल्याइन्छ । त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टीतेल हालेर दन्काइन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकामा राखी नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकामा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ । अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ–यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो दन्किरहेको घंैटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्ममस्थानतिर पुग्छन् । त्यहाँ अराधना गर्दछन् र त्यहींबाट औपचारिक रूपमा नृत्य सुरु गरी गाउँका भद्रभलाद्मीहरूको घरमा पुगी नृत्य देखाउँछन् र पूर्णाहुतिका लागि अन्न रुपैयाँ चन्दा माग्छन् । त्यही मागिएको रकम जोडेर दशमीका दिन पूजा पाठ, भोज भात र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुन्छ ।मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । गाग्रीमाथि धधकिरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन हो, झिझिया नृत्य । समाज रूपान्तरणका क्रममा रहेको समयमा यो लोकनृत्य आज पनि गाउघरमा मात्रै नभई सहरमा समेत प्रचलनमा छ र यसलाई निरन्तरता दिइँदै छ । तराईका अधिकांश जिल्लाहरूमा समय समयमा बोक्सी प्रकरणका घटनाहरू सुनिँदै आएको छ ।
कानुनले त्यस्ता प्रकरणलाई असत्य भन्दै प्रकरणमा मुछिएकाहरूलाई सजाय निर्धारण गरे पनि न त बोक्सीको प्रसंग नै हटेको छ न त्यस्ता घटनामा कमी नै आएको छैन् । तर, समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौं आठौं शताब्दीतिर पुर्खाहरूले बोक्सीको विरुद्धमा प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको जग बसाले । गाउँघरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहँदा सहर पनि त्यसबाट अछुतो छैन ।
बोक्सीका मुद्दाहरू तराईतिर दसैंको समयमा विगतका दिनदेखि नै अझै बेसी सुनिएका छन् । बोक्सीले आफ्नो तन्त्र अर्थात् शक्ति प्राप्त गर्ने समय दसैं नै हो भन्नेमा विश्वास गर्नेको संख्याको कमी छैन । त्यस्ता बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले विगतका दिनहरूमा झिझिया नृत्य मात्र गाउँमा नै हुने सुनिँदै आएको छ । तर, शिक्षामा पहुँचसँगै जनचेतना र भद्रभलाद्मीको उपस्थिति रहने गरेको सहरमा पनि त्यस्ता बोक्सी प्रकरणविरुद्ध अपनाइने उपायलाई अंगीकार गर्दै झिझिया नृत्य गरेको सायद कमैले सुनेको होला र हेरेको होला ।
झिझिया नृत्यको विशिष्ट पक्ष गीत नै हो । दुई प्रकारका गीतहरू प्रथम देवी स्तुति र दोस्रो बोक्सीको गाली हुन्छ । प्रथम प्रकारका गीतहरूमा भगवती दुर्गाको स्तुति वर्णन, चरित्र गाथा र सवारीको चित्रण गरिएको हुन्छ । एउटा गीतमा देवी कामाख्या जान सोह्रौं शृंगार गरी डोलीमा बसिसकेकी हुन्छिन् र बत्तीसवटै कहार डोली उठाई गन्तव्यतिर लम्किरहेका हुन्छन् ।
समाजमा प्रचलित यो झिझिया गीतले सामाजिक अन्धविश्वासलाई प्रस्ट पारेको छ । यद्यपि, गाउँटोलका महिलाहरूले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै हिन्दूहरूको महान् चाड दसैंताका झिझिया नाच नाच्ने परम्परा रहेको छ । विशेषगरी बोक्सी तथा अन्य भूतप्रेतबाट दुःख कष्ट पाउन नपरोस् भन्ने कामना गर्दै झिझिया गीत गाउने गरिन्छ । परम्परागत लोकविश्वासमा आधारित कैयाँै यस्ता लोकगीतहरू बिलीन हुने तरखरमा रहेका हुन् । सामाजिक संस्कारमा रहेको अन्धविश्वासका प्रतिछाया दर्साउने यस किसिमका लोकगीतलाई समेत संस्कृतिका दृष्टिले जगेर्ना गर्नुपर्ने समुदायको लोकसंस्कृतिप्रेमीहरूको धारना रहेको पाइन्छ ।व्यापक संख्यामा जमा भएका मानिसहरूको भीड झिझिया नृत्यको रमझम लिइरहेका छन । जम्मा भएको भीडले झिझिया नृत्यलाई मात्रै मनोरञ्जनका रूपमा लिने गर्छन् । वास्तवमा नृत्य प्रदर्शन गर्ने कला पनि हेर्नयोग्य हुन्छ । ४÷५ वर्षका बालबालिकादेखि लिएर तरुणी र अधबैसेंसम्म यस नृत्यमा सहभागी हुने गर्छन् । अर्थात समाज धर्म र संस्कृतिमा आशातित र बिश्वास गर्दछन
समाजबादमा लोकसंस्कृति झिझिया नृत्य नास्तिक कि आस्तिक? बास्तवमा आस्तिक नै हो ।नेपालि समाजबाद टिकाउन नेपालमा आस्तिक ढाँचाको समाजबादको सिद्धान्त तयार गर्नु पर्ने अपरिहार्य रहेको देखिन्छ ।किन भने मानिस सनातन देखि नै आफ्ना धर्म संस्कृति,रितिरिवाजमा आस्था राख्दै आइराखेका छन र गर्छन पनि ।

मितिः–२०७६÷०६÷१८

 

प्रतिक्रिया दिनुहोस

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...