बिद्यालय ब्यबस्थापन समिति छनौटको लागी थालिएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

  • माघ १८, २०८०
  • २२७६ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । बिद्यालय ब्यबस्थापन समिति सदस्य छनौटको लागी जनता माध्यमिक बिद्यालय( प्राबिधिक )राजपुरमा थालिएको निर्वाचन शान्तिपुर्ण रुपमा समपन्न भएको छ । IMG_20240201_123556 ब्यबस्थापन समिति सदस्य छनौटको लागी पटक पटक बैठक बस्दा पनि आपसी सहमति जुटन नसकेपछि सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर २ स्थित श्री जनता माध्यमिक बिद्यालय (प्राबिधिक) राजपुरमा ब्यबस्थापन समिती सदस्य छनौटको लागि निर्वाचन भएको हो । बिहिवार ९ बजेर ३५ मिनेट बाट शुरु गरिएको मतदान कार्यक्रम बेलुका ३ बजेर ३५ मिनेट सम्म जम्मा ६ घन्टामा सम्पन्न भएको थियो । जम्मा मतदाता संख्या ५ सय ७० मध्ये २ सय १७ महिला र २ सय ३३ पुरुष गरि जम्मा ४ सय ५० जना महिला पुरुषले मतदान गरेका थिए । अर्थात ७८.९४ प्रतिशतले मत खसालेको थियो । IMG_20240201_130642 श्री जनता माध्यमिक बिद्यालय प्राबिधिक राजपुरको इतिहासमा निर्वाचन पद्धति बाट ब्यबस्थापन समिति छनौट गर्नु यो दोस्रो निर्वाचन हो । यस भन्दा २१ बर्ष अघि २०५९ सालमा निर्वाचन प्रक्रिया बाट नै समिति छनौट गरिएको थियो भने बीचको अबधिमा समिति छनौटमा सहमति जुट्दै आएको थियो । IMG_20240201_105850 1 बिद्यालयमा समिती नभएको कारण बिद्यालयको बिकास देखी लिएर विद्यार्थीहरुको पठनपाठन अवरोध देखिएको मात्रै थिएन बिष्णुपुर गाउँपालिका भरिमा शानको रुपमा रहिएको एक मात्र प्राबिधिक धारको बिद्यालय धरापमा रहेको थियो । ढिलो चाँडो जे होस सहज बाताबरणमा निर्वाचन गराएर भएपनी बिद्यालयले समिति पाउने भएपछि अभिभावकहरु उत्साहित देखिएका थिए ।  

प्रतिक्रिया दिनुहोस

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...