निजि बिदालयहरुले लापरबाही हैन विद्यार्थी बालबालिकाको सुन्दर भबिस्य निर्माणको लागि संबेदनसिल हुनु जरुरी

  • पुस २५, २०७९
  • ३२० पटक पढिएको
  • राम पुकार यादव
alt

दर्ता बिना दर्ताको कम निजि बिदालय छैन । तर ती बिदालयहरुले शैक्षिक बिकास शिक्षा सुधार लगायत उचित ब्यबस्थापआ निकै कमजोर देखिएको छ । बरु निजि बिदालयहरुले पैसा असुलिमा बढी ध्यान दिन्छन । उनिहरुको मुख्य उदेश्य नै जसरी तसरी पैसा असुल्ने हो । विद्यार्थीको भबिस्य र उनीहरुको ज्यान ज्यु सम्बन्धि ख्याल कहाँ हुन्छ ? बिदेशमा इटाँ पथर उठाएर ,पसिना चुहाइ चुहाइ कमाएको पैसा कसरी अबिभावकहरु संग असुल्ने र आफ्नो सम्पत्ति जोडने उनीहरुमात्र जानदछ । हिजो सिरहाको मिर्चैया स्थित सागरमाथा स्कुलमा बेनाहक एक किशोरीको ज्यान गएको छ । यो बिदालयको लापरबाही हो । गैर जिम्मेवार तरिकाले औषधि संगै स्प्रीट खुवाए पछि किशोरीको ज्यान लियो । आफ्ना जिवनमा ठुलो ठुलो सापना सजाउन र साकार पार्न अबिभावकहरु बिदालयमा विद्यार्थी बालबालिका दिएका हुन्छन तर भन्ने बिदालयको लापरबाहीले उनिहरुको भबिस्य अन्योल त के ज्यान नै लिन पुग्छन । अबिभावकह्रुले आफ्ना बाल बच्चा डक्टर ,इन्जिनियर लेक्चरर,प्रोफेसर बैज्ञानिक बनुन भने स्वर्न बिश्वास र आशा राखेका हुन्छन् तर पैसा मुखी धेरै निजि बिदालयहरुले उनी बालबालिकाको जीवन संग खेलबाड गरिदिन्छ । त्यसबेला के बित्छ अबिभावकहरुलाई जसको बालबच्चाको एक शिक्षालयमा ज्यान जान्छन् । यस्ता लापरबाही गर्ने शिक्षक शिक्षिका प्रीन्सिपल र बिदालाई कार्यबाही हुनु जरुरी हो ।हैन भन्ने ती बिदालयहरु सुध्रिदैन ।मिर्चैयाको सागरमाथा बोर्डिङ स्कुल लापरबाहीको चरम सिमा नाँघेका छन । दोषीलाई प्रश्र्य होइन कानुन समत सजाई दिनुपर्छ । यस्तै सिरहाका धेरै भन्दा धेरै निजि बिदालयहरुमा लापरबाही हुँदै गरेको छ । यतिखेर निजि बिदालयहरुले पैसाको निम्ति विद्यार्थी बालबालिकाहरुलाई घन्टौ शितलहरको कहरमा पनि फिल्ड मा उभ्याइन्छ । जो बालबालिकाको ज्यु ज्यान सँग खेल्ने गरेका छन । शितलहरका कारण सामुदायिक बिदालयहरुले विद्यार्थी बालबालिकाको स्वास्थ र ज्यनको सुरक्षाको ख्याल गर्दै बिदा दिएका छन ।तर निजि बिदालयहरुले शितलहरको यश कठिन घडिमा पनि विद्यार्थी सँग पैसा असुल्न बिदालय खोलेका छन । र पैसा असुल्न उनिहरुको ज्यान र स्वास्थको प्रबाहै नगरी घन्टै फिल्डमा उभ्याउन लगाउछन र दबाब दिदै भन्छन भोलि जसरी पनि पैसा लिएर आउने है ।हैन भने यश भन्दा पनि बढी चिसो लगाउँछु । यश किसिमको रबैयाले बालबालिकाको ज्यान जान नसक्ने कुनै संकेत छैन । त्यसैले तिनी बालबालिकाहरुको भबिस्य र स्वास्थ जीवन सुरक्षाको निम्ति अनुगमन गर्ने ब्यबस्थापन गर्ने र शैक्षिक बतावरणलाई ख्याल गर्ने निकाय हरु पनि बेलामै सचेत हुनु जरुरी रहेको छ । साथै निजि बिदालयहरुले लापरबाही हैन विद्यार्थी बालबालिकाको भबिस्य,स्वास्थ जीवन प्रती संबेदनसिल हुनु जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...