दोस्रो समाचकेवा महोत्सव २०७७ सम्पन्न

  • मंसिर १७, २०७७
  • ११८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 शम्भु चौधरी लहान १७ मंसिर । सिरहाको लहान नगरपालिका वडा १८ भदैयामा दोस्रो समाचकेवा महोत्सव २०७७ सम्पन्न भएको छ । अपन संस्कृति अपन पहिचान,बृढ बृढाके करू समान मुल नाराको साथ लहान १८ भदैयामा दोस्रो सामाचकेवा महोत्सब सम्पन्न भएको छ । विस्तारै थारु पहिरण, थारु संस्कृति र थारु कला विलिन हुन गई रहेको अवस्थालाई मध्यनजर गर्दै त्यसलाई उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष समाचकेवा महोत्सव मनाउने गरेको कार्यक्रम संचालक भागवत चौधरीले बताए । लहान नगर पालिकाकी उप प्रमुख सरियार कुमारी चौधरीको प्रमुख आतिथ्यमा महोृत्सव सम्पन्न भएको छ । कार्यक्रमको बिशिष्ट अतिथिमा थारु कल्याणकारढी सभाको केन्द्रीय सदस्य बिरेन्द्र चौधरी, लहान १८ का वडा अध्यक्ष मो. शमसेर रहेको थियो । अतिथिहरुमा लहान नगर पालिकाको कार्यपालिका सदस्य शान्ति सदाय , लहान १८ का वडा सदस्यहरु, श्री राजाजी बाबा माध्यमिक विद्यालय भदैयाका प्र अ इन्द्रदेब चौधरी ,राजदेबी आधारभुत विद्यालयका प्र अ उद्धब हमाल लगायतका समाचकेबामा आस्था राखने दिदिबहिनहरुको उपस्थिति रहेको थियो । महोत्सवमा गाउँका १५ जना बृढ बृढालाई दोसल्ला र फूलमालाले सम्मान गरीएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल टेलिकमका पुर्व ईन्जिनयर तथा समाजसेवी शिव नारायण चौधरीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य अबकास प्राप्त शिक्षक राम प्रसद चौधरीले गर्नु भएको थियो । कार्यक्रम संचालन शिक्षक भागबत चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...