छठ कठोर पर्व ,को थिइन छठी माता ? , घुइँचोको साथ किन अस्ताउँदो र उदाउँदो सुर्यलाइ अर्घ ?

  • मंसिर ५, २०७७
  • ३३७ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स ५ कार्तिक , बिष्णुपुर सिरहा । आज कार्तिक ५ गते हिन्दु धर्मावलम्बीहरुले अस्ताउदो सुर्य लाई अर्घ दिएको छ।छ्ठ कठोर पर्व रहेतापनी पौराणिक परम्परागत संस्कृतिको रुपमा स्थान दिइ आफ्ना गाउँ ठाउँ शहर बजारमा रहेको पोखरी नहर माइनर तथा ताल तलैयाहरुमा गइ श्रद्धाले बेलुका अताउँदो र बिहान उदाउँदो सुर्यलाइ अर्घ दिने गरेको छ।सोही अनुरुप आज देश तथा बिदेश लगायत सिरहाको विभिन्न ठाउँहरु बिष्णुपुर ,राजपुर ,कौवाहा ,राजोखर ,बिर्ताटोल को पोखरी नहरहरुको साथ साथै पानीको मुहान खोजी खोजी अर्घ दिनेको घुइँचो लागेको छ । बिहीवार साँझ खरना समाप्त भएपछि रातिको १२ बजे देखि नै पोखरीको घाटमा अर्घलग्न थालिएको हो । तराई मधेस तथा मिथिलाको नदी, ताल तलाउ, पोखरीमा यति बेला भीड बढ्न थालेको छ । ब्रतालुहरू अर्घलाई सुरक्षित साथ राखेर चोखो भएर पूजा पाठ गरिरहेका छन् ।मिथिलाका  मुख्यतः जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर, भूतहीलगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाइएको छ । आदिकालमा सती अनुसुयाले रोग ग्रस्त पतिलाई नीको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पुजापाठ गरेकी थिइन । त्यसैगरि महाभारत कालमा पाँच पाण्डवका द्रोपतीले कौरवलाइ पराजित गर्नका लागि सूर्य देवको उपासना गरि छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ । छठ पर्व गर्नाले दुख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग नीको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासकोसाथ छठ पर्व मनाउनेगरिन्छ ।करिब ३६ घण्टासम्म निराहार रहि गरिने यस व्रतलाइ कठोर निष्ठा आस्था र पवित्रताको पर्वको रुपमा स्थापित भएको छ । 20201120_170956 प्रत्येक वर्ष कातिक महिनाको शुक्ल षष्टी तिथीका दिन जलासयको किनारमा भगवान सूर्यदेव र षष्टी देवीलाई अर्घ अर्पण गरी छठ पर्व मनाइने गरिन्छ। चार दिवसीय छठ पर्वको आज तेस्रो दिन अस्ताउँदै गरेको सूर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नारियल, केरा, अदुवा, फलफुल सहितका विभिन्न परिकारहरुको अर्घ अर्पण गरिने छ ।20201120_170931 को थिइन माता छठि छठ देवी सूर्य देवक बहन रहेकी छिन हुनत केही स्थानमा आमा पनि भनिएको छ । उहाँलाई नै प्रसन्न गर्न पूजा गरिन्छ । जीवनको महत्वपूर्ण अपवयमा सूर्य वा जलको महत्तालाई मान्दै, छठलाई साक्षी मानेर भगवान सूर्यको आराधना तथा धन्यवाद गर्दै पवित्र पोखरी र तलावको किनारामा पूजा गरिन्छ । षष्ठी माँ अर्थात छठ माता बच्चाहरुलाई रक्षा गर्ने देवी रहेकीछिन । यसैकारण यो व्रत गर्दा सन्तानको लामोआयुको वरदान प्राप्त हुने गरेको छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार सृष्टी की अधष्ठिात्री प्रकृति देवीले आफनो शरीरलाई छह भागमा विभाजित गरिन । उहाँको अंशको सर्वश्रेष्ठ मातृ देवीको रूपमा जानिएको छ, जो ब्रह्माको मानस पुत्री रहेकी छिन । बच्चालाई रक्षा गर्ने देवी छिन । कातिक मासको शुक्ल पक्षको षष्ठीको यसै देवीको पूजा गरिन्छ । शीशु जन्मेको छह दिनमा यसै देवीको पूजा गर्ने मान्यता रहेको छ । उहाँको प्रार्थनाले बच्चाको स्वास्थ्य, सफलता र दीर्घ आयुको आशीर्वाद प्राप्त हुने गरेको छ । जानकारहरुका अनुसार पुराणमा यसै देवीको नाउँ कात्यायनी भनिएको छ, जसको नवरात्रिमा षष्ठी तिथीका दिन पूजा गर्ने गरिन्छ                      

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...