“हामि पुर्खालाई सम्झौ सात सालको खडेरिमा कसरी धानेको छ जिवन <भोकमरी नै आएको होइन.राहतकै लागि ठाउँठाउँमा झडप नगरौं ” ।

  • चैत २५, २०७६
  • ५०९ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव,बिष्णुपुर सिरहा ।मानिसको  सम्बन्ध उनिहरुको पुर्वज सगँ पनि छ । मानिस आतिनु हुदैन । उनिहरुले आफ्ना पुर्वजहरुले गरेको मिहिनेत र पसिनाको बारेमा पाठ सम्झना गर्नु पर्छ । पुर्वजहरु भन्छन, हाम्रा पालामा धान कुटने मेशिन थिएन।हल्लो जोत्ने टयाक्टर थिएन। गहुँ पिसने मिल थिएन।मसाला पिसने मसिन थिएन। त्यसबेला हामिले हसियाले धान गहुँ काटेर जाँतो र ढेकिमा गहु पिसने र धान कुटने गर्थयौ । सिलौटमा लोढिले मसाला पिसने गथर््यौ । अनि बिना तेलको तरकारी बनाएर खान्थ्यौ। अहिले त आधुनिक जवानामा धान गहुँ कुटाई र पिसाइ के भन्नु बालि बुन्ने रोपने देखि लिएर काटने,दागिँ गर्ने र पिसने कुटने समेतको मेशिनको जवाना छ । मानिस मिहिनेत गर्न चाहदैन ।मानिस आल्सी भएको हो। आत्म निर्भर हुन चाहदैन।अरुको भरमा बाँच्न चाहेको हो। मानिस काम गर्न चाहदैन।अरुको कमाई खान सोच्दछन। अरु जिव जस्तै परजिवि हुन चाहन्छन। परको निर्भर हुन खोज्छन। अनि सन्तोष र सन्तुष्टि प्राप्त गर्न सक्ने कुरै भएन। मानिस कता कता सोच्छन। आफ्ना बाउ आमा र पुर्खाले गरेको सत्य कर्म र मिहिेनेतको मर्म बुझन आधुनिक जवानामा कठिन मान्छन। एक समयको कुरा हो ।देशमा सात सालको खडेरी परेको छ । त्यस आपतकालको बेला उनिहरुलाई खान ल्याउन अभाव भएको छ। चना र मकै अलिकति खडेरिमा पनि फल्ने बालि भएकोले केहि उव्जाइन्थ्यो। त्यस बाट अलिकति चना र मकै खाएर जिबन ब्यतित गर्ने गथर््यो। यसरी उनिहरुले जिवन बिताएको छ । बिगतका यि कठिन दिन्चर्याका सवालहरु हाल सभ्य समाजका धरोहर कहलाउनेहरुमा शुन्य अशं पनि नरहेको त्थय देखिन्छ । कठिन र आपतको समय झेलि आएका पुर्वजका सन्तानहरु यतिखेरको कठिन समयमा नै बिलास र राहत खोज्छन । प्रस्थिती त कठिन छ नै तर यतिखेर बिलास र राहत खोज्नेहरुको पनि प्रकार देखिएको छ । मानिसको दैनिकी धान्न कठिन भएकालाई राहत ? की सुख बिलास गर्ने बिलासीहरुको लागि राहत ? राहत कसका लागि र किन ? बुझन गाह्रो भएको देखिन्छ । बास्तबमा राहत आर्थिक सम्पन्ता नभएको गरिब बिपन्नहरुको लागि हो । परिबार सङ्गख्या ठुलो होस या सानो तर शारिरिक अबस्थाका कारण कमाउने कोहि नभएकाहरुले राहत पाउनु पर्छ ।किनकी उनिहरुको गाँस बास कपासमा कठिनाइ भएको हुन्छ । उनिहरुको लागि कलियुग जस्तो युगमा बोलदिने को कमि भएको हुन्छ ।राहत तिनिहरुका लागि हुनु पर्छ । कठिन प्रस्थिती भएको बेलाको राहत धनि महाजन सँग ऋण काढेर खान सक्ने क्षमता भएकाहरुको लागि पनि होइन,यस अबस्थाको राहत धनि महाजनहरुले ऋण पनि नदिने,घृना गर्ने असहाय,गरिब, बिपन्न एकल नैतिकबानहरुको लागि मिल्नु पर्छ । यस बेला साहु महाजन जोडले बोल्न सक्ने जनप्रतिनिधिहरु पनि नाताबाद कृपाबाद निच उच ठुला बडा कुटुम्ब समेतको बिलासिहरुको भिड हुन्छन । दाता र बितरण कर्ताहरुले यसको ख्याल राख्नु पर्छ । बिलासीहरुले कठिन घडिको मुनाफा असुल्न राहतमा मिसावट समेत गर्न सक्छन ।ग्रहनकर्ता र निगरानीकर्ताले सचेत भई मापदण्ड तयार गर्नुपर्छ । राहत ग्रहनकर्ताहरुले निगरानीकर्ताहरुको मध्यस्थतामा दाताहरु बाट पाउने अभाब स्वरुपको राहतमा ग्रहनकर्ता भित्र लुकेर रहेको बिलासीहरु फाईदा बाट असन्तुष्ट भयो भने झगडा र झडप हुने सम्भावना हुन्छ । समय सन्दर्भः हाल कोरोना महामारीको बिषम प्रस्थितीमा स्थानिय तहहरुमा निरन्तर राहतको लागि झाँगिदै गएको कुटाकुट र लडाई हो । महमारीको यस समयमा पनि मानवता र नैतिकता जोगाउन बाट बिमुख हुनु दुःखद कुरा हो । गरिब बिपन्नलाई समय समयमा दमन शोषन गर्दै आएका बिलासिहरु पुर्खाहरुले बिकटको घडिमा धानेको जिवनको एहसास गरौं। अर्थःः “हामि पुर्खालाई सम्झौं सात सालको खडेरीमा कसरी धानेको छ जिबन < भोकमरी नै आएको हाईन,राहतकै लागि झडप  नगरांै ” । जनप्रतिनिधिरुले पनि जनतालाई  शुसासनको प्रत्याभुति गरायोस ।

 

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...