प्रतिनिधिसभा सदस्यलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

  • चैत १५, २०८२
  • ७४ पटक पढिएको
  • PRADESH TIMES DAINIK
alt

काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सङ्घीय संसद् सचिवालयले जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सांसद सुविधा व्यवस्थापन शाखामा आगामी जेठ १० गते कार्यालय समयभित्र सम्पत्ति विवरण दर्ता गराउन निर्देशन दिइएको जानकारी दिए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले जिम्मेवारी सम्हालेको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण तोकिएको निकायसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । नवनिर्वाचित सांसदहरूले चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसको ६० दिन जेठ १० गते पुग्ने भएकाले त्यो समयभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको प्रवक्ता गिरीले जानकारी दिए । RATOPATTI

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...