एमाले अध्यक्ष ओली र नेता लेखकको गिरफ्तारीविरुद्ध देशभर एमालेको प्रदर्शन: ७७ वटै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझायो

  • चैत १५, २०८२
  • ६० पटक पढिएको
  • PRADESH TIMES DAINIK
alt

१५ चैत,​बारा । बालेन्द्र शाह नेतृत्वको नवनियुक्त सरकारले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई ‘सूर्योदय हुनुपूर्व नै’ प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको विरोधमा नेकपा एमालेले आज देशव्यापी आन्दोलन र विरोध प्रदर्शन गरेको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार आज देशका सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै एमालेले आफ्ना अध्यक्षको तत्काल र विनासर्त रिहाइको माग गरेको हो।

बाराकाे सदरमुकाम कलैयामा आज सयाै कार्यकर्ता सडकमा उत्रिएर सरकारको कदमलाई ‘लोकतान्त्रिक मूल्य र मान्यतामाथिको प्रहार’ भन्दै चर्को नाराबाजी गरेका छन्।

​बारा जिल्लामा पार्टी कार्यालय पन्नाबागबाट सुरु भएको विरोध जुलुस नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो। नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेको नेतृत्वमा निकालिएको उक्त जुलुसमा एमालेका केन्द्रीय सदस्यहरू बलबीर चौधरी, सीता सुवेदी लगायतका शीर्ष नेताहरू र सयौँको संख्यामा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रालाई ज्ञापन पत्र बुझाउँदै एमालेले सरकारले पहिलो पाइलामै लोकतान्त्रिक शक्तिहरूलाई दबाउने र राजनीतिक प्रतिशोध साँध्ने काम गरेको आरोप लगाएको छ।

अध्यक्ष पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “२०८२ भाद्र २३ र २४ को घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र न्यायिक सिद्वान्तविपरीत छ। प्रतिवेदन सार्वजनिक नै नगरी, प्रतिशोधपूर्ण ढंगले गरिएको यो धरपकड गैरकानुनी र अलोकतान्त्रिक छ।

” एमाले बाराले उक्त आयोग खारेज गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न समेत जोडदार माग गरेको छ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...