सिरहामा ४ सिटका लागि १३९ उम्मेदवारको मनोनयन दर्ता

  • माघ ६, २०८२
  • ३८५ पटक पढिएको
  • राम पुकार यादव
alt

 आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि सिरहामा ४ सिटका लागि १३९ उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार चार सिटका लागि कुल १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य राजनीतिक दलसँगै ठुलो संख्यामा स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएका छन् । क्षेत्र नं-१ नेपाली कांग्रेसबाट राम सुन्दर चौधरी, नेकपा एमालेबाट राम शंकर यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रामचन्द्र यादव, राष्ट्रीय स्वतन्त्र पार्टीबाट बब्लु गुप्ता, जसपा नेपालबाट सत्य नारायण यादव र जनमत बाट राम स्वरुप चौधरी उम्मेदवार बनेका छन् । याे क्षेत्रबाट गत निर्वाचनमा नेकपा एमालेबाट राम शंकर यादव निर्वाचित भएका थिए । यो क्षेत्रमा जम्मा ३२ जनाको उम्मेदवारी परेको छ । जसमा १८ जना स्वतन्त्र छन् । १ लाख ११ हजार ९४९ मतदाता रहेका छन् । मतदान स्थल ५६ र मतदान केन्द्र १ सय ३० रहेका छन् । क्षेत्र नं-२ मा नेपाली कांग्रेसबाट रामचन्द्र यादव, नेकपा एमालेबाट नवीन कुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट मुक्ति नारायण सिंह, रास्वपाबाट शिव शंकर यादव (शिव), जसपा नेपालबाट संजीव कुमार यादव र जनमतबाट बिनोद कुमार यादव उम्मेदवार बनेका छन् । याे क्षेत्रबाट गत निर्वाचनमा जसपा नेपालका राज किशोर यादव निर्वाचित भएका थिए । याे पटक १५ स्वतन्त्रसहित २९ जनाको उम्मेदवारी परेका छन् । यो क्षेत्रमा १ लाख १५ हजार ७६० मतदाता रहेको छ । मतदान स्थल ५४ र मतदान केन्द्र १ सय ३६ रहेका छन् । क्षेत्र नं-३ मा नेपाली कांग्रेसबाट सुभाष चन्द्र यादव, नेकपा एमालेबाट लिलानाथ श्रेष्ठ, रास्वपाबाट शम्भु कुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट विश्वनाथ साह, जसपा नेपालबाट अशेश्वर यादव र जनमतबाट रोहित महतो उम्मेदवार बनेका छन् । गत निर्वाचनमा यो क्षेत्रबाट नेकपा एमालेका लिलानाथ श्रेष्ठ विजयी भएका थिए । यो क्षेत्रमा २९ जना स्वतन्त्रसहित ४१ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा जम्मा १ लाख १९ हजार २५० मतदाताको संख्या रहेको छ भने मतदान स्थल ५३ र मतदान केन्द्र १ सय ३६ रहेका छन् । क्षेत्र नं- ४ मा नेपाली कांग्रेसबाट चन्द्रकला कुमारी यादव, नेपाली कम्युनिस्ट पार्टीबाट अजय शंकर नायक, नेकपा एमालेबाट धर्मनाथ साह, रास्वपाबाट तपेश्वर यादव, जनता समाजवादी पार्टीबाट राज किशोर यादव र जनमतबाट विरेन्द्र प्रसाद महतो उम्मेदवार बनेका छन् । यो क्षेत्रबाट गत निर्वाचनमा जनता समाजवादी पार्टीबाट विरेन्द्र प्रसाद महतो विजयी भएका थिए । यो क्षेत्रमा ३७ जना उम्मेदवार छन् । जसमा २३ जना स्वतन्त्र छन् । यो क्षेत्रमा १ लाख ६ हजार ६८६ मतदाता रहेका छन् । मतदान स्थल ६० र मतदान केन्द्र १ सय २९ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...