जन्मदिनलाई पर्यावरण संरक्षणसँग जोड्ने सतकर्म अभियान, १७ जिल्लामा नौ हजार बिरुवा रोपण

  • भदौ १२, २०८२
  • ८०३ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

काठमाडौ : जन्मदिनलाई सतकर्ममा जोडाै अभियानअन्तर्गत आज पञ्चमीको विशेष दिन पशुपतिनाथ भण्डारखालमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचिका राधिका दासी माता र नेपाल सरकारका पूर्व सचिव एवं सेवाभावका धनी आदरणीय भिम उपाध्यायले रुद्राक्ष र पीपलको बिरुवा रोप्दै अभियानलाई एक्यवद्धता जनाएका छन्। तराई विकास तथा संचार केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा विभिन्न संस्थाका अध्यक्षज्यूहरूको उपस्थितिमा सतकर्मी व्यक्तित्वद्वयले अबको अभियान फूलसहितको आकर्षक बगैचा तयार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। जन्मोत्सव मनाउने क्रममा बढ्दो खर्चिलो र भड्किलो प्रतिस्पर्धालाई न्यूनीकरण गर्दै पर्यावरणीय क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै दासी र उपाध्यायले बृक्षारोपणको महत्व प्रष्ट्याए। भीषण वर्षा नभनी कार्यक्रममा सहभागी भएका विष्णु थापा लगायत अभियानको सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिइएको छ भने चितवनमा रहेका वरिष्ठ गायक स्थानेश्वर गौतमले रौतहटमा ट्री–गार्ड व्यवस्थापनसहित पुनः जोडिने वचनबद्धता जनाएका छन्। रौतहटदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म १७ जिल्लामा नौ हजारभन्दा बढी बिरुवा रोपिएको र कुनै संस्थागत सहयोगबिना निरन्तर अघि बढिरहेको जानकारी आयोजकले दिएका छन्। “आउनुहोस्, जन्मदिनमा बृक्ष रोपौं, हाम्रो अभियान जारी छ” भन्ने मूल मन्त्रसहित अभियानलाई अझ व्यापक बनाउने संकल्प गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...