साइकल दुर्घटनामा एक बालकको मृत्यु, अर्का घाइते

  • साउन ८, २०८२
  • ७७५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रामनारायण ठाकुर | मिर्चैया, ८ साउन सिरहाको मिर्चैया नगरपालिका–५ स्थित ‘मिर्चैया हिल पार्क’ नजिक साइकल दुर्घटनामा एक १३ वर्षीय बालकको मृत्यु भएको छ भने अर्को बालक घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय केशव मण्डलका छोरा अभिषेक मण्डल छन्। उनी श्रीजना स्कुलमा अध्ययनरत थिए। स्कूल छुटेपछि साथी बिकाश ठाकुरसँग साइकलमा घुम्न गएका उनीहरु मिर्चैया हिल पार्क नजिकको ओरालो बाटोमा साइकल अनियन्त्रित भइ लडेका थिए। दुर्घटनामा अभिषेकको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घाइते १२ वर्षीय बिकाश ठाकुर (बिष्णु ठाकुरका छोरा)को मिर्चैया अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ। स्थानीयवासीले भने हिल पार्क जाने बाटो अत्यन्त अप्ठ्यारो भएकोले पर्यटक तथा बालबालिकालाई घुम्न जाँदा जोखिम हुने भन्दै संरचनागत सुधारको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...