नगर प्रमुखबाट पत्रकारलाई धम्की, पत्रकार महासंघद्वारा सिरहा प्रशासनको ध्यानाकर्षण

  • जेठ १४, २०८२
  • ४२१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, १४ जेठ। सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवद्वारा सञ्चारकर्मीहरूलाई पटक–पटक सार्वजनिक रूपमा धम्की दिइएकोप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ, सिरहा शाखाले जिल्ला प्रशासन कार्यालय, सिरहामा ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघले बुझाएको पत्रमा भनिएको छ, “हामी सञ्चारकर्मीहरूलाई पटक–पटक सार्वजनिक रूपमा धम्की दिइएको घटनाप्रति गम्भीर, चिन्तित र स्तब्ध भएका छौं।” नगर प्रमुख यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै “पत्रकारले आफूविरुद्ध समाचार लेखेमा भयानक परिणाम भोग्नुपर्ने र भारी दण्ड–जरिवाना गराउने” भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्। महासंघले यस्तो गैरजिम्मेवार र धम्कीपूर्ण अभिव्यक्ति दिने नगर प्रमुखमाथि तत्काल कानुन अनुसार कारबाही गर्न माग गरेको छ। पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा भनिएको छ, “हाम्रो पत्रलाई गम्भीरतापूर्वक लिन अनुरोध गर्दछौं। बेवास्ता भएमा हामी कडा संघर्षमा उत्रन बाध्य हुनेछौं।” ध्यानाकर्षण पत्र महासंघका सचिव मुकेश कुमार यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई बुझाइएको हो। पत्रमा थप उल्लेख छ, “हामी आशा गर्दछौं, जिल्ला प्रशासन कार्यालयले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनेछ।” पत्रकार महासंघले यस घटनालाई प्रेस स्वतन्त्रता माथिको ठाडो उल्लङ्घन ठहर गरेको छ। “यस प्रकारका अभिव्यक्तिहरू प्रेस स्वतन्त्रता, पत्रकारीता र पत्रकारहरूको पेशागत सुरक्षामा गम्भीर चुनौती हुन्,” पत्रमा भनिएको छ, “यस्तो व्यवहार प्रेश तथा प्रकाशन ऐन २०४८, मुलुकी फौजदारी संहिता २०७४ तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको समेत उल्लङ्घन हो।”

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...