भ्रष्टाचारको विरोधमा विद्यार्थी आन्दोलनः जनता बहुमुखी क्याम्पसमा तालाबन्दी, प्रमुखको राजीनामाको माग

  • जेठ ११, २०८२
  • ५७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिका–४ स्थित जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले क्याम्पस प्रमुख किशोर साहको राजीनामाको माग गर्दै तालाबन्दी गरेका छन्। विद्यार्थीहरूका अनुसार प्रमुख साहको कार्यकाल सकिएको २७ महिना बितिसक्दा पनि नयाँ प्रमुख नियुक्ति गरिएको छैन। साथै, क्याम्पसमा सेवासुविधाको लापरबाही, आर्थिक हिनामिना, र पठनपाठनमा चरम अव्यवस्था देखिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।Messenger_creation_D5AF0B49-E332-4F11-88EF-02E9DFE8713D बीबीएस दोस्रो वर्षका अनिष कुमार साह र तेस्रो वर्षका निरज कुमार महरा लगायतको नेतृत्वमा क्याम्पसको भित्री र बाहिरी मुख्य गेट, कक्षा कोठा तथा प्राविधिक शाखाहरूमा पूर्ण रूपमा तालाबन्दी गरिएको छ। विद्यार्थीहरूले “भ्रष्टाचारी क्याम्पस प्रमुख चाहिँदैन”, “राजीनामा दे”, “आर्थिक हिनामिनामाथि छानबिन गर”, “विद्यार्थीको सेवासुविधा सुनिश्चित गर” र “नियमित पठनपाठन गराउने शिक्षकको व्यवस्था गर” जस्ता नारासहित विरोध प्रदर्शन गरेका छन्। शुक्रवार २४ घन्टे अल्टिमेटम दिँदा पनि क्याम्पस प्रशासनले बेवास्ता गरेपछि आज बिहानदेखि तालाबन्दी गरिएको उनीहरूको भनाइ छ। “विद्यार्थी आन्दोलनले देश परिवर्तन भएको सबैलाई थाहा छ, हामी क्याम्पस परिवर्तन गरेर देखाउँछौं” भन्ने चेतावनी समेत दिएका छन्। प्रदर्शनकारीहरूले क्याम्पसबाट जुलुस निकाल्दै पूर्व–पश्चिम राजमार्ग नजिकैको गोलपार्क चोकसम्म नाराबाजी गरेका थिए। माग सम्बोधन नभए भोलिदेखि पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने चेतावनी समेत दिएका छन्। उनीहरूले क्याम्पसमा सुशासन, पारदर्शिता र गुणस्तरीय शिक्षाको माग गर्दै आन्दोलन जारी राख्ने बताएका छ ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...