कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • फागुन १०, २०८१
  • ४०३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा, ८ फागुन – कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी मो. शेख अन्जुमलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष टोलीले सिरहा नगरपालिका वडा नं. ४ रमौल निवासी अन्दाजी ४५ वर्षीय अन्जुमलाई गोप्य सूचनाको आधारमा आफ्नै गाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो। उनलाई फागुन ८ गते सम्मानित सिरहा जिल्ला अदालतमा उपस्थित गराई कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि कारागार कार्यालय सिरहा पठाइएको प्रहरीले जनाएको छ। अन्जुमलाई अदालतले २०७७ साल चैत १० गते २५ वर्ष कैद सजायको फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...