सोनमा गाउँपालिकामा विकास निर्माण र सामाजिक सहायता

  • फागुन ८, २०८१
  • ७४० पटक पढिएको
  • नरेश कुमार यादव
alt

प्रदेश टाइम्स सम्बादाता / महोत्तरी । मेयर विशेश्ववर यादवको सक्रियता सोनमा गाउँपालिकाका मेयर विशेश्वर यादवको नेतृत्वमा विभिन्न विकास निर्माणका कार्यहरू अघि बढिरहेका छन्। यसै क्रममा, गाउँपालिकाका विभिन्न स्थानहरूमा सिलान्यास, निर्माण कार्यको अनुगमन तथा गरिब तथा असहाय वर्गलाई आर्थिक सहयोग वितरण गरिएको छ। सोनमा-२ मा विशेष चौताराको सिलान्यास मेयर यादवले सोनमा गाउँपालिका वडा नं. २, सोनमा कचहरी चोकमा एक विशेष चौताराको सिलान्यास गर्नुभयो। यस कार्यक्रममा वडा अध्यक्ष रामजी यादवको समेत उपस्थिति रहेको थियो। IMG-20250220-WA0001 चौताराको निर्माणले स्थानीयहरूलाई गर्मी मौसममा विश्राम गर्ने सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ। खखना उच्च माध्यमिक विद्यालय भवन अनुगमन सोनमा गाउँपालिका वडा नं. ३ स्थित खखना उच्च माध्यमिक विद्यालयमा निर्माणाधीन भवनको अनुगमन गर्ने क्रममा मेयर यादवले इन्जिनियरद्वारा गरिएको एस्टीमेटअनुसार निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत यादवलाई गुणस्तरीय र समयमै काम सम्पन्न गर्न आग्रह गर्दै आवश्यक सहजीकरणको प्रतिबद्धता व्यक्त गर्नुभयो। गरिब परिवारलाई आर्थिक सहयोग सोनमा-३ मा एक विपन्न परिवारका सदस्यको निधन भएको खबर पाएपछि मेयर यादव उक्त परिवारको घरमै पुग्नुभयो। मृत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई धैर्यधारण गर्न प्रेरित गर्नुभयो। साथै, IMG-20250220-WA0000 उक्त परिवारलाई १५,००० रुपैयाँ आर्थिक सहयोग प्रदान गर्दै गाउँपालिकाले समाजिक उत्तरदायित्व वहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। गाउँपालिकाले विकास र सामाजिक सेवाका क्षेत्रमा देखाएको सक्रियता स्थानीय बासिन्दाका लागि प्रेरणादायी बनेको छ। मेयर यादवको नेतृत्वमा गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...