अनुगमन अटेर गर्ने जनकपुर मोडर्न अस्पतालका सञ्चालक नियन्त्रणमा

  • फागुन १, २०८१
  • ९१६ पटक पढिएको
  • नरेश कुमार यादव
alt

 जनकपुरधाम, फागुन १ – कानुनी स्वीकृति बिना सञ्चालन भइरहेका तथा स्वास्थ्य मापदण्ड पूरा नगरेका अस्पतालहरूमा कडाइ गर्ने क्रममा मधेश प्रदेश सरकारले अनुगमनलाई तीव्र बनाएको छ। यसै क्रममा, अनुगमनको निर्देशन उल्लंघन गरी अस्पताल सञ्चालन गरिरहेको जनकपुर मोडर्न अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि.का सञ्चालकलाई नियन्त्रणमा लिइएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा २०८१ माघ २५ र २६ गते जनकपुर उपमहानगरपालिकामा सञ्चालित विभिन्न अस्पतालहरूको अनुगमन गरिएको थियो। सो क्रममा कानुनी स्वीकृति नलिई सञ्चालनमा रहेका तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुरूप मापदण्ड पूरा नगरेका अस्पतालहरूको आकस्मिक कक्षमा भर्ना भएका बिरामीहरूलाई अन्य उपयुक्त अस्पतालमा व्यवस्थापन गर्ने, अस्पताल सञ्चालनका लागि स्वीकृति लिने प्रक्रिया अघि बढाउने तथा नयाँ बिरामीको उपचार तथा भर्ना पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको थियो। तर, उक्त निर्देशनको पालना नगरी अस्पताल सञ्चालन गर्दै आएका जनकपुर मोडर्न अस्पताल एण्ड रिसर्च सेन्टरका सञ्चालकले अनुगमन कार्यमा बाधा पुर्‍याउने प्रयास गरेपछि २०८१ फागुन १ गते साँझ ६:३० बजे मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरूको उपस्थितिमा नियन्त्रणमा लिइएको हो। यस कारबाहीपछि प्रदेश सरकारद्वारा अवैध रूपमा सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूलाई कानुनी दायरामा ल्याउने अभियानलाई थप प्रभावकारी बनाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...

स्थानीय सरकारमा सुशा ...

स्थानीय सरकारमा सुशासनको संकट र अनुशासनको आवश्यकता स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो, जहाँब ...