प्रदेश टाइम्स/ सिरहा । स्वस्तिक लघुवित्तिय कार्यक्रम अन्तर्गत संचालित स्वस्तिक लघुवित्त बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र सिरहाको नरहा गापा स्थित बालुवा नरहा शाखामा तालाबन्दी भएको छ ।
वर्षौं देखी सेवाग्राहीहरुले गरेको बचत फिर्ता गर्न लघुवित्तले आलटाल र अनाकानी गरेपछि सेवा केन्द्र नरहा बालुवा अन्तर्गत केन्द्र न.७.१११ को सदस्यहरुले बुधबार शाखा कार्यालयमा तालाबन्दी गरेको हो ।
ऋण लगानीको उद्देशयले बचत जम्मा गराउने तर ऋण पनि नदिने बचत पनि फिर्ता गर्न आलटाल र लापरबाही मात्रै होइन १४ महिना देखी दौडहा गराइ परेशानी गरेको र आफ्ना बचत फिर्ता नदिएको भन्दैउनिहरुले तालाबन्दी गर्नुपरेको बचतकर्ता सदस्य सेवाग्राहीहरुले बताए ।
बचतकर्ता सदस्यहरुका अनुसार बचत फिर्ताका लागि आफुहरु वर्षौ देखि सास्ती खेपिरहेको छु तर भन्ने वित्तिय संस्थाका कर्मचारीहरुले लिखित र मौखिक सहमतिको बहानामै अहिले सम्म टाले , सहमति र सम्झौता केही कार्यान्वयन भएन आफुहरु अझै बचत रुपैया फिर्ता नपाएपछि बाध्य भै आज तालाबन्दी गरेको बताए ।
उनिहरुले जम्मा २ लाख ९६ हजार हाल सम्म आफ्नो संस्थामा बचत गरेको संस्था प्रबन्धक जितेन्द्र साहले बताए । सेवाग्राही सँग बचत लिने तर फिर्ता गर्न अनाकानी गर्नु नै संचालकको नियत गलत हो , यो ठगि हो सेवाग्राही धर्मु महरा , रामरतन यादव ,मनोज यादव लगायतका सदस्यहरुले बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Pradeshtimesdainik.com - All rights reserved