रोजगारीको लागी मलेशिया पुगेका राजपुरको रुपेश घर कहिले फर्किने अशामा परिवारजन ,रुपेश नेपाली साथिबाटै मलेशियामा मारिए

  • भदौ २०, २०८१
  • ८२४ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा:: रुपेश यादव जो घरकै मेरुदण्ड थियो । उसकै भरमा घरपरिवारको जोहो चल्थ्यो । २४ बर्षको कलिलै उमेर थियो रुपेशको । सिरहाको बिष्णुपुर गाउँपालिका वडा २ राजपुरमा बस्ने रुपेश एक होनहार र घरपरिवारको स्तम्भ नै थियो । गाउँमै शिक्षादिक्षा हासिल गरेको उसले एक देखी कक्षा १० सम्म गाउँमै रहेको जनता माध्यमिक विद्यालाय राजपुरमा अध्यन गरेको थियो । घरायसी आर्थिक अबस्था सबल नरहेको कारण परिवारिक जोहो जोर्न रोजगारीको लागि बिदेशीए FB_IMG_1725369707902 । राहदानी पासपोर्ट बनाएर उनले मलेशिया पुगे । मलेशियाको एक कम्पनीमा इमानदारीत र मिहिनेतले काम गरिरहेको रुपेशलाई त्यसै कम्पनीमा गार्डको काम गर्ने एक नेपालीकै समुहले चक्कु प्रहार गरि विभत्स हत्या गरे । उसलाई त्यस कम्पनीमा काम गर्ने नेपाली मिलन गुरुङको समुहले हत्या गरेको खुलिएको हो ।FB_IMG_1725369690930 रोजगारीको लागी बिदेशीएका राजपुरको रुपेश सदाको लागी त्यहि अस्ताए । आज स्व. रुपेशको परिवार छतविछत भएको छ । घरपरिवारको लालनपालनकर्ताको रुपमा रहेको रुपेशलाई मलेशियामा उ सँगैको साथिले हत्या गरेको खबर सुनिएपछि परिवारजन यतिखेर शोकमा डुबेको छ । परिवारको समस्या कसले हेर्ने भन्ने चिन्ता त छदैछन उनिहरुमा उता हप्तौं दिन बिति सक्दा पनि आफ्नो छोरोको मरेको मुखपनि हेर्न पाउने कि नपाउने भन्दै संस्कारको लागि लाशको खोजिमा छन उनिहरु । देश त देश बिदेशमा पनि नेपाली नेपालि बाटै असुरक्षीत कहिले सम्म ? मलेशियाबाट छोरो रुपेशको शब यथाशिघ्र झिकाउन सरकारको कडा पहल र उचित न्याय, दोषी हत्यारालाई कडा दन्डको ब्यबस्था सहित क्षतिपूर्तिको माँग गर्दै प्रतिक्षारत छन रुपेशको परिवारजन ।

प्रतिक्रिया दिनुहोस

गैरपत्रकारको नाममा ठ ...

जेठ ४/ सिराहा, नेपाल पत्रकार महासंघ सिराहा शाखाले केही गैरपत्रकार व्यक्तिहरूले आफूलाई पत्रकारको रूपम ...

आइन्दा आतंककारी हमला ...

 काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानिने भारतले चेता ...

कौटिल्य बिद्यालयका व ...

 काठमाडौ ।कौटिल्य ग्लोबल स्कुल सुबिधानगर तिनकुने स्थित बिद्यालयका कक्षा ७ मा अध्यनरत आकृष्ट कडे ...