बहिरा माविका बिधार्थीलाई एनएमबी बैंकको शैक्षिक सामग्री बितरण

  • भदौ १९, २०८१
  • २१३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । एनएमबी बैंक शाखा कार्यालय सिरहाले एक कार्यक्रमको आयोजना गर्दै बहिरा माध्यमिक विद्यालय गुलरिया सिरहामा अध्ययनरत छात्र/छात्रालाई स्कुल ब्याग र जुत्ता प्रदान गरेको छ । बहिरा माध्यमिक विद्यालय गुलरिया सिरहाका अध्यक्ष गंगाराम यादव र एनएमबी बैंकका प्रमुख सरोज कुमार यादवले जुत्ता र ब्याग हस्तान्तरण गरेका हुन । सामाजिक उत्तरदायित्व कार्य अन्तरगत बहिरा माध्यमिक विद्यालयमारत १सय ८ जना छात्रछात्रालाई ब्याग र जुत्ता प्रदान गरिएको छ भने बिधालयको पुस्तकालयका लागि बिभिन्न खाले पुस्तक समेत उपलब्ध गराएको एनएमबी बैंकका श्रावण यादवले बताए। एनएमबी बैंकका अनुसार १लाख ५१ हजार मुल्य बराबरको उक्त सामग्रीहरू प्रदान गरिएका छन्। उक्त कार्यक्रममा एनएमबी बैंकका निरज महतो, राजेश राज शर्मा,सचिन बिश्वास लगायत बहिरा माध्यमिक विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...