नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा धनुषा र मधेस प्रदेश सरकार बीच ४ बुँदे सहमति

  • भदौ ७, २०८१
  • ४५७ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/  सिरहा । नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा धनुषा र मधेस प्रदेश सरकार बीच ४ बुँदे सहमति भएको छ । हुलाकी सडक अन्तरगत सिरहा धनुषा जोडिने कमलामा नयाँ पुल निर्माणको लागी निरन्तर बिगत चौंध दिन देखी चरणबद्ध रुपमा आन्दोलन हुँदै आएको थियो । अनशन सहित चरणबद्ध आन्दोलनको आज १४ औं दिन पुल निर्माण संघर्ष समिती सिरहा-धनुषा र मधेस प्रदेश सरकार बीच चार बुँदे सहमति भएको हो ।FB_IMG_1724391585213

कमलामा नयाँ पुल निर्माणको लागि मधेस प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि बसेको अनशनकारिहरुको सहयोग र समर्थनमा विभिन्न तहतप्का क्षेत्र र निकायहरू बाट एक्यवद्धताको ओइरो नै लागेपछि सरकार सहमतिमा जुटिएको थियो । पुल निर्माणको लागि मधेस प्रदेश सरकार सँग चार बुँदे सहमति भएपछि आजकै मिति बाट आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु पुल निर्माण संघर्ष समितिले फिर्ता लिएको सहमति पत्रमा उल्लेख गरिएको हो । मधेस प्रदेश सरकार र संघर्ष समिति बीच भएको चार बुँदे सहमतिमा कमलामा नयाँ पुल निर्माण गरिने ,नयाँ पुल निर्माणका लागी आ.ब.२०८२/०८३ मा संघ सरकार बाट बजेट राख्न पहल गरिने, संघ सरकार बाट उपलब्ध नभएको खन्डमा पुल निर्माणका लागि आवश्यक सम्पुर्ण बजेट मधेस प्रदेश सरकारको श्रोत बाट ब्यहोर्ने जनाएका हुन । साथै २०८१ मंसिर १ गते भित्र पुल निर्माणको लागी बोलपत्र आह्वान गरिने समेत सहमति पत्रमा उल्लेख गरिएका हुन । दुई पक्ष बीचको चार बुँदे सहमती पछि आन्दोलनको सम्पुर्ण कार्यक्रम स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...