शास्त्रीय संगितकार देश र मधेसकै गहना गुरुदेव कामतको निधन

  • साउन १७, २०८१
  • १८८३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहा । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको आज बिहान ७ : ३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय सङ्गीतका गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो । शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामत उपचारका लागि आर्थिक सङ्कट भएपछि एक महिना अघि जन्मथलो फर्किएको उनका माइला छोरा प्रमिन्द्र कामतले जानकारी दिए । उनले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । नेपाली संगीतमा अमूल्य योगदान गरेका कामतले आर्थिक अभावका कारण सही उपचार पाउन नसकेको बताइन्छ । उनको २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...