अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्ममाथि गोली प्रहार

  • असार ३०, २०८१
  • २१० पटक पढिएको
  • Pradesh Times
alt

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सलभिनिया राज्यको एक राजनीतिक भेलामा सहभागी भएका बेला गोली प्रहार गरिएको छ । गोली ट्रम्पको कानमा लागेको छ ।

ट्रम्पमाथि गोली प्रहार गर्ने बन्दुकधारीलाई गोप्य सेवाका सदस्यले गरेको कारवाहीका क्रममा मृत्यु भइसकेको छ । ट्रम्ममाथि बटलर पेन्सलभेनियामा भएको कार्यक्रममा हत्याको प्रयास भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

बन्दुकधारीलाई गोली हान्ने क्रममा अर्का एक मानिसको पनि मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार घटनामा अर्का एक मानिस समेत गम्भीर घाइते भएका छन् ।

कार्यक्रमका एक प्रत्यक्षदर्शीले गोली चल्नु अघि राइफल बोकेका एक मानिस नजिकैको छतमा देखेको बताएका छन् ।

सार्वजनिक भएको भिडियोमा गोली लागेपछि ट्रम्प भुइमा खसेको र अनुहार रगतले लतपतिएको देखिन्छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

विद्यार्थी टिकाउका ल ...

प्रदेश टाइम्स/ सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका–२ स्थित जनता आधारभूत विद्यालय, राजपुरमा वि ...

एस.इ.इ.मा उत्कृष्ट ...

 सिरहा, असार  २१ – शिक्षा क्षेत्रको विकास र विद्यार्थीको मनोबल अभिवृद्धि गर्ने उद्दे ...

मधेश प्रदेश प्रथम: ज ...

 जनकपुरधाम । मधेश प्रदेशले जनकपुरधाममा सम्पन्न तीनदिने अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगित ...