सामा चकेवा भाईबहिनको प्रेम प्रसंग सँग सम्बन्ध राख्दछ । प्रसंग द्वापर युगको हो । भगवान श्री कृष्णको पुत्रीको नाम सामा थियो । सामा प्रत्येक दिन वृन्दावन जङ्गलमा खेल्ने गर्थिन ।
एक दिन एक चुङ्ला नामको व्यक्तिले भगवान श्री कृष्णलाई झुठो बोल्दै तपाईंको छोरी सामा एक साधु सँग घुमेको सुनाउँछन् ।
चुङ्लाको चुङल्पनको कारण कृष्ण भगवानले आफ्नो छोरि सामालाई पंछी बनेर त्यो जङ्गलमा बस्न श्राप दिन्छन । यो कुरा सामाको भाइ चकेवालाई थाहा हुन्छन ।
चुङलाको चुङलपनको कारण आफ्नै प्यारी बहिनी पंछी भै बस्ने कुरो असहनिय भयो चकेवालाई ।
चकेवाले आफ्नी बहिनी समालाई पंछी भएर बस्ने श्राप दिएको थाहा पाएकै दिन तपस्यामा बस्यो । गहन तपस्या गर्दै गएपछि अन्तमा भगवान प्रसन्न भएको किवदन्ती छ । प्रसन्न हुदै भगवानले के माँग्छौ माँग ।
चकेवाले चुङ्लाको चुङलपनको कारण आफ्नो बहिनी सामा पंछी भएर वृन्दावन जङ्गलमा बस्दै आएकीले आफ्नो बहिनी सामा फिर्ता पाउँ मागेको छन । भगवानले चकेवालाई बहिनी सामा फिर्ता गरे छन ।
यस बीच भाइ बहिनिको अटुट प्रेम झल्किएको छ । यी दुई भाइ बहिन सामा चकेवा बीचको अटुट प्रेमको प्रतीकको रुपमा नै यतिखेर पनि हाम्रो समाजमा सामा चकेवा खेल्ने गरिन्छ ।
यो खास गरि लोक आस्थाको महा पर्व छठको पारन सँगै गाउँ घरको चेली बेटि आमाईहरुले माटोको सामा , चकेवा चुङ्ला , वृन्दावन बनाउँदै खेल्ने गरिन्छ । यस बाट मनोरञ्जन लिने गरिन्छ ।
भाइ बहिनको प्रेम रुपि यो खेल्दै पुर्णिामाको दिन पायक पर्ने नदि ,ताल तलैया , पोखरी कुवाँ ,कुलो नहर शाखाहरु जस्ता जलाशयमा भसाउने गरिन्छ । र त्यो दिन भाईले बहिनिलाई केही उपहार दिने गरिन्छ भन्ने बहिनीले भाईलाई मन पसन्द मिठाइ ,च्युरा दहि फलफुल खुवाउने गरिन्छ ।
समाजिक सद्भभाव ,धार्मिक सहिष्णुता मानवीय प्रेम , माया ममता लगायत भाइ बहिनिको अटुट प्रेम जस्तो यो प्रसंग पक्कै यस युगमा पनि हाम्रो मानवीय सभ्यतालाई जिवान्त राख्न मदत गर्नेछ ।
त्यसैले यसलाई जोगाई राख्न हाम्रो समाजिक दायित्व हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Pradeshtimesdainik.com - All rights reserved