भ्रष्टाचार अनुभुती सूचकांकमा नेपाल सार्क मुलुकको पाँचौ स्थानमा

  • आश्विन ४, २०८०
  • १४६ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव/ सिरहा । विगत ७ बर्षको भ्रष्टाचार अनुभुती सूचकांकमा नेपाल सार्क मुलुक पाँचौ स्थानमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवास महोत्तरीको आयोजना र बिष्णुपुर गाउँपालिकाको सहकार्यमा भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम गर्दै भ्रष्टाचार अनुभुती सूचकांकमा नेपाल सार्क मुलुकको पाँचौ स्थानमा रहेको सार्वजनिक गरेको छ । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरीको उपसचिव हरि कृष्ण कार्कीले सुशासनको लागी सदाचार ,निष्पक्षता र निर्भिकतामा जोड दिदै कर्मचारी र जनप्रतिनिधिलाई जवाफदेही र उत्तरदायी बन्न सुझाएका थिए । उपसचिव कार्किले भ्रष्टाचार नियन्त्रण एवंम निवारणको लागि परेका उजुरी र कार्यबाहिहरुको बारेमा आफ्ना धारणा व्यक्त गर्दै विभिन्न सरोकारवालाहरुको जिज्ञासाहरुलाई सम्बोधन गरेका थिए । उहाँले मधेस प्रदेशको धनुषा जिल्लाको सुशासन कमजोर देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...