बिष्णुपुरमा चोरको आतंक , प्रमाणित भैसकेको चोर समात्न प्रहरीको ढिलाइ

  • भदौ ६, २०८०
  • ५८० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स / सिरहा । बिगत केही दिन देखी सिरहाको बिष्णुपुरमा चोरको आतंक नै भएको छ । खानेपानी कल देखि लिएर मोटर सिचाइका कल चोरी गरि किसानलाई आजित पारेका छन । चोरले समान चोर्ने र कबाडीमा बेच्ने गतिविधि व्यापक रुपमा फैलिदै गएपनी प्रहरी प्राशासनले यस्ता अप्राधिक घटना गर्नेहरुलाई समातेर कार्यबाही गर्न पछि परेका छन । केही दिन अघि सिरहाको बिष्णुपुर गाउँपालिका वडा ३ बस्ने एक युवा रबिन्द्र यादवले जक र चापाकल चोरी गरि कबाडीमा बेच्न लागदा कबाडी बलाले चोरको फोटो तानेर राखेका थिए । आफ्नो समान चोरेर कबाडिमा बेचेको भन्दै एक जनाले प्रहरीमा उजुरी गरेपछि बिष्णुपुर प्रहरीले कबाडी खरिद गर्नेलाई पक्राउ गरेका थिए । पक्राउपर्ने कबाडीबलाले चोरिको समान बेच्ने ब्यक्तिको फोटो सहित राखेको भन्दै चोरको साटो मेरो मान्छे किन समातिए पत्रकारलाई गुहारेका थिए । कबाडीबला सँग रहेको चोरको फोटोको अधारमा लेखेपछी पत्रकारलाई ज्यान मार दिने धम्की गरेका छन । धम्की दिने ती चोर सिरहाको बिष्णुपुर वडा ३ को सिटहु यादवको छोरा रबिन्द्र यादव रहेको खुलिए पनि प्रमाणित भएको चोर समात्न प्रहरीको ढिलाईले किसान देखि पत्रकार सम्म त्रसित भएको छ । मंगलबार चोर रबिन्द्र यादवले मोबाइल नम्बर +9779819792877 बाट चोरको बारेमा लेख्ने प्रदेश टाइम्स दैनिकका प्रकाशक सम्पादक रामपुकार यादवलाई ज्यान मार्ने धम्की दिएका छन । समाजमा शान्ति अमन चयन र समाजिक रुपान्तरणको क्षेत्रमा बर्षौ देखि कलम चलाउँदै आएको पत्रकारलाई समाजमा अप्राधिक गतिविधि गर्ने चोरले ज्यान मार्ने धम्की दिनु प्रहरी प्रशासनको लागि चुनौती नै हो इप्रका बिष्णुपुरको इन्चार्ज बैदनाथ दासले बताए । इन्चार्ज दासले समाजमा चोरी गर्ने धम्की गर्ने अप्राबिधिक गतिविधि गर्ने जस्ता आप्राधिक ब्यक्तिलाई कानुनको दायरामा ल्याई कार्यबाही गर्न आफू सदैब अग्रसर रहने बताए पनि चोर पक्रीन ढिलाई किन? ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...