मसीहा उपेन्द्रका लागि खर्चिन मन नलागेका पंक्तिहरूः पुर्व मन्त्री जय प्रकाश गुप्ता

  • श्रावण २७, २०८०
  • ३३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मसीहा उपेन्द्रका लागि खर्चिन मन नलागेका पंक्तिहरूः उपेन्द्र यादव सकसमा छन् अरे। हिजो आज अखबारहरू तथा सामाजिक संजालहरूमा यस्तो कुराहरू आई रहेको छ। आज भन्दा १७ बर्ष अघि रौतहटको गौर बजारमा माओवादी र तत्कालिन मधेसी जनअधिकार फोरम,नेपालका कार्यकर्ताहरूका बीच हिंसक भिडन्त भएको थियो। यसमा कयौं मानिसहरू मारिएका थिए। बर्षौं देखि चर्चाबाट हराएको यो बिषय अहिले एक्कासी उघ्रेको छ। सरकारले यसको छानबिन हुने बताएपछि यस बारे गंभीर चर्चा शुरू भएको छ। फोरम,नेपाल र माओवादीका बीच ठुलो बैमनस्यता थियो। तर, यो हराएर गयो। कालान्तरमा उपेन्द्रले माओवादी पार्टीलाई,खासगरी प्रचण्डलाई आफ्ना सबैभन्दा भरपर्दो सहयोगी वा मद्दतगार ठाने। हो पनि, प्रचण्डले उपेन्द्रलाई ठुलो गुण पनि लगाएका छन्। यी सबका बावजुद अहिलेको यो घटनाक्रमले सुन्दैछु उपेन्द्रलाई हल्लाएको छ। भगवान गरोस् उनलाई केही न होस्। उनि अभेद्य रहुन्। तर, केही तथ्यहरू बिचारणीय रहेको छ। गौर घटनाको लगतै पछि माओवादीहरूले तत्कालिन फोरमसंग प्रत्यक्ष सम्बन्ध रहेका र अन्य समेत सय बढी मानिसहरूका बिरूद्ध छानबिन तथा कारबाहीका लागि जाहेरी निवेदन दिएका थिए। यसको जवाफमा फोरमले पनि तत्कालिन माओवादी पार्टीका नेता कार्यकर्ताका बिरूद्ध जवाफी जाहेरी दर्ता गराए। यस घटनाको लगत्तै पछि केही उल्लेखनीय निकायहरूबाट छानबिन समितिहरू गठन भयो। यसमा महत्वपुर्ण हुन्-नेपाल सरकार,गृह मंत्रालयको समिति। राष्ट्रिय मानव अधिकार आयोगको छानबिन समिति। संयुक्त राष्ट्र संघीय मानव अधिकार सम्बद्ध छानबिन समिति। यसका अतिरिक्त फोरम पार्टी, माओवादी पार्टी, अनमिन लगायत कयौं अर्ध सरकारी, अन्तर्राष्ट्रिय निकाय सम्बद्ध, देशीय मानव अधिकारवादीहरू लगायतबाट दर्जनौं छानबिन समितिहरू बन्यो। सबैले आ-आफ्नो प्रतिवेदनहरू सार्वजनिक गरे। यी सबको बावजुद लामो समय भयो। यस घटनाका बारेमा कुनै छानबिन तथा कारबाहीहरू थालिएन। सबैपक्ष मौन रहे। यदाकदा कुराहरू उठद्थ्यो पनि। यसै क्रममा माओवादी पार्टीको तरफबाट दिईएको जाहेरीमा उल्लेखित नामहरूलाई नै उल्लेख गरेर सर्वोच्च अदालतमा निवेदन दर्ता भयो। स्थानीय निकायले यस घटनामा कुनै कारबाही गरेन, यसर्थ कारबाहीको आदेश दिईयोस भनी मांग गरियो। तर, अदालतबाट कुनै आदेश भै नसकेको अवस्था छ। स्मरणीय छ, आफताव आलमको मुद्दामा पनि यस्तै अवस्था थियो। जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनेको थियो। एकदिन अप्रत्याशित रूपमा सर्वोच्च अदालतले छानबिनका लागि आदेश जारी गर्यो र आज आफताव जेलमा छन्। यही परिदृश्यमा गौर काण्ड सेलायो। कसैलाई कुनै वास्ता सरोकार रहेको देखिएन। अचानक बि.स. २०७९, पौषको अन्त्य तिर राष्ट्रिय मानव अधिकार आयोगले १६ बर्ष पछि नेपाल सरकारलाई कारवाहीका लागि निर्देशन दिएर यस बिषयलाई तरंगित बनायो। बि.स. २०६३ चैत ७ गते भएको घटनामाथि आयोगले तत्काल नै अनुसन्धान गर्न टोली खटाएको थियो। तर, त्यसको प्रतिवेदनलाई भने १६ बर्षसम्म यतिकै राखेर कारवाहीको सिफारिश गर्नुले अनेकन् आसन्न आशंकाहरूलाई बल दिएको थियो। यद्यपि यसले उपेन्द्रको सत्तायात्राको एकाग्रतालाई थोरैपनि बिघ्न पुर्याएन्। यसपछि यस काण्डमा मारिका माओवादी पक्षका परिवारका मानिसहरूको एक समिति बन्यो। पुरानो माओवादी नेता तथा अहिलेका स्वतन्त्र सांसद प्रभु साहले यसलाई हौस्याएको भनिन्छ। यथार्थ जे होस्। यो कुराले पुनः चर्चा पाउन थाल्यो। उपेन्द्र यादव समेत मंचमा बसेको एक सभामा, करिब २ महिना अघि हालका गृहमंत्री नारायणकाजी श्रेष्ठले “गौर हत्याकाण्ड समेत सबै हत्या काण्डहरूको छानबिन हुनेछ। कुनै अपराधीलाई उन्मुक्ति दिईने छैन” भनेपछि टिभी पर्सनहरूले क्यामेराको लेन्स उपेन्द्र तिर घुमाएका थिए। उनि हाँसेको देखियो। तर, अनुहार बिग्रियो। छालाको रंग बदरंग भएको टिभी दर्शकहरूले बुझे। यसपछि माओवादी पार्टीका अध्यक्ष तथा प्रधान मंत्री प्रचण्डले एक कडा अभिव्यक्ति दिए। यो एकदमै हालैको कुरा हो। माओवादी पार्टीको शायद केन्द्रीय पदाधिकारीहरूको बैठकलाई सम्बोधन गर्दै उनले भने-“ठूलाठूला भयानक हत्याकाण्डहरू छन्। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरवार हत्याकाण्ड, सबैको खोजिनीति गर्नुछ।” यसले बडो ठुलो संकेत दियो। यसै क्रममा अहिले आएर नेपाल सरकार र पिडीत परिवारहरूको समितिका बीच छानबिन तथा कारवाही गरिने बारे अहिले भर्खरै एक सहमति भयो। अब यति खेर उपेन्द्र चैनहीन हुन पुगेका छन्। उनि कठिन अवस्थामा पुगेको अनुमान गरिंदैछ। म भन्न सक्दिन कि यसको कस्तो परिणाम आउने छ। यद्यपि, उपेन्द्रको भान्सामा पहुँच राख्ने एक जनाले आज जनाए कि उपेन्द्र सर जीवनको कठिन समयमा छन्। हिजो आफैले डाकेको पत्रकार सम्मेलनमा गएनन्। बास्तवमा म पनि चिन्तित छु। यद्यपि मलाई यस बारे धेरै लेख्न मन छैन। यसरी लेखाई सक्दैछुः मार्टिन निमोलर (सन् १८९२–१९८४) का एक प्रख्यात प्रोटेस्टेन्ट पादरी थिए जो एडोल्फ हिटलरको मुखर सार्वजनिक शत्रुको रूपमा उभिए र आफ्नो प्रखर राष्ट्रवाद सोचको बाबजुद नाजी शासनको अन्तिम सात वर्ष एकाग्रता शिविरमा बिताए। निमोलरलाई यो उद्धरणको लागि आज पर्यन्त संसार भर संझिईन्छ- “पहिले उनीहरू मेरा सम्मुख समाजवादीको बिरोधमा आए, र म बोलिनँ। किनभने म समाजवादी थिइनँ। त्यसपछि तिनीहरू ट्रेड युनियनवादीहरूको बिरोधका लागि आए, र पनि मैले बोलिनँ - किनभने म ट्रेड युनियनवादी थिईन। त्यसपछि तिनीहरू यहूदीहरूको बिरोधमा आए, र म बोलिनँ - किनकि म यहूदी थिइनँ। त्यसपछि तिनीहरू मेरो लागि आए- र यतिखेर मेरो लागि बोल्न कोही बाँकी थिएन।”

प्रतिक्रिया दिनुहोस

सिरहामा लागू औषध सहि ...

ओम प्रकाश यादव लहान ३० असार । सिरहा जिल्लाको दक्षिणी सिमावर्ति क्षेत्र झाझँपट्टीबाट लागु औषधसहित दुई ...

अर्थतन्त्रमा फेरि मन ...

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा फेरि मन्दी फस्ने त्रास बढ्दै गएको छ। कोरोना मह ...

अमेरिकी पूर्व राष्ट् ...

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सलभिनिया राज्यको एक राजनीतिक भेल ...