आर्थिक स्थित दयनीय भएकै कारण दुधमुखे शिशु सहित संगिता जेलमा

  • श्रावण २७, २०८०
  • २१६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/  २७ श्रावण , सिरहा । सिराहा जिल्लाको गोलबजार नगरपालिका वाडा नंवर ४ की संगिता कुमारी महतो नवजात शिशुसहित बैंकिङ कसुर मुद्दामा सिन्धुली जेलमा जेल जीवन बिताई रहेकी छिन । अत्यन्त नाजुक अवस्थाका आर्थिक स्थिति भएकी संगिता कुमारी महतोको श्रीमानलाई साहु महाजनहरुले मानसिक तनाब दिन थालेपछि श्रीमानको बेइजती देख्न नसकी उनले जनता बैंक लिमिटेड गोलबजार शाखामा रहेको उनको नामको खाता नंबर १०९१०४०५३२०२८०१ मा साहुले भुक्तानी पाउने गरी मिति २०७६/६/१० मा रु ५,५०,००० रकमको चेक नंवर ०७०६४९७९ को चेक साहुलाई दिएको थियो तर चेक अनुसारको रकम खातामा नभएपछि उनलाई बैंकिङ कसुर मुद्दामा गोलबजार नगरपालिका वाडा नंवर ४ का राम भजन महतोले बादी भई मुद्दा चलाए पछि उच्च अदालत जनकपुर संयुक्त बाणिज्य ईजलास , ईजलास नंवर ५ मुद्दानंवर-०७७-CB--०००१ निर्णय नंबर ७ अनुसार संगिता कुमारी महतोले कारागार जीवन भोग्दै आएकी हुन । पत्रकारको टिम आज महतोको घरमा पुगि पति दु:खी महतो संग घटना सम्बन्धि थप कुरा बुझ्ने प्रयास गरेका छन। बोल्ने क्रममा दुखी महतोले ३ जना मिलेर मेरो यो दुर्दसा बनाएको बताएका छन। यस सम्बन्धि विशेष जानकारी अर्को अंकमा।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...