भारतले चामल निर्यात सहजरुपमा गर्ने –कृषि मन्त्री भुसाल

  • श्रावण १८, २०८०
  • ३१८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । भारतले चामल निर्यातमा रोक लगाएको बारेमा कृषि तथा पशुपन्छि विकास मन्त्री डा.बेदुराम भुसालले चासो व्यक्त गरेका छन् । यस अघि जस्तै भारतले चामल निर्यातलाई सहज सहज बनाउँनुपर्ने उनले बताए । काठमाडौं सिंहदरबार स्थित मन्त्रालयमा आज नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवसंग भेटवार्ता गर्दै कृषि मन्त्री भुसालले यस्तो चासो व्यक्त गरेका हुन् । जवाफमा भारतीय राजदुत श्रीवास्तवले चामल विदेश निर्यातमा रोक लगाएको निर्णय भारतले गरे पनि सो निर्णय नेपालको हकमा लागु नहुने जानकारी गराएका छन् । ‘विदेशमा चामल निर्यात गर्ने निर्णय नेपालको हकमा लागु हुदैन् । यस अघि पनि भारतले गहुँ निर्यातमा रोक लगाएको भए पनि नेपाललाई असर नगरेको र गत बर्ष पनि ३ लाख ५० हजार मेट्रिकटन गहुँ उपलब्ध गराएको थियो । अहिले पनि भारतले नेपाललाई आवश्यक चामल उपलब्ध गराउँन तयार रहेको छ’ भारतीय राजदुत श्रीवास्तवले कृषि मन्त्री भुसालसंगको भेटवार्तामा भने । भारतले विदेशमा चामल निर्यातमा रोक लगाउँने निर्णय सार्वजनिक भएपछि नेपालमा चामलको भाउ बढेको बताउँदै मन्त्री भुसालले यसलाई सहज बनाउँन पहल गरिदिन राजदुत श्रीवास्तवसंग छलफल गरेका छन् । यस्तै हालै भारत भ्रमणमा गएका मन्त्री भुसालले सो क्रममा भएको सहमती कार्यान्वयनको बारेमा समेत छलफल गरेका छन् । भ्रमणका क्रममा भारतले नेपालको सिमावर्ती क्षेत्रमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउँने सहमती भएको थियो । भारतीय राजदुत श्रीवास्तवले नेपाल र भारतका कृषि मन्त्रीका बीचमा भएको सहमतीहरु कार्यान्वयन हुने जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...