इन्द्र रिझिएको छैन, बर्षा नभएको कारण किसानलाई हरेक क्षेत्रमा समस्या

  • श्रावण ८, २०८०
  • ४६१ पटक पढिएको
  • राम पुकार यादव
alt

खोइ बिपद ब्यबस्थापन ? खडेरी लागेछ । खेतमा बीउ सुक्दै छन । सिचांई छैन । खेत रोपाई भएको छैन । उब्जनी हुने खेतहरुमा पानी बिना दरार फाटेका छन । फाट्टफुट्ट रोपनिले किसान देखि राज्यको जोहो चल्छ र ? राज्यको ध्यान छैन ।राज्य मौन भएर बसेका छन । आखिर किसान नै किन सदैव पिडामा । आखिर कसले चलाई देला राज्यको अन्न भन्डार ? मार्मिक बिषय हो । यसप्रति राज्यको ध्यानाकर्षण हुनुपर्छ । उच्च तापक्रम र बर्खा नभएको कारण गाई भैंसीले दिने दुध पनि सुक्न थालेको छ । बेलुका बिहान ८ लिटर दुध दिने भैंसीहरु यतिखेर ४ लिटर मात्र दिन थालेको छ सिरहाको मिर्चैया नगरपालिका स्थित एक किसान सुमिर यादवले बताउँनुहुन्छ । उहाँ एक समान्य किसान गाई भैंसी चौपायाको भरमा जोहो गर्छन , दिन्चर्या गर्छन । उहाँ भन्नुहुन्छ , यसपाली त खेतीपातीको के कुरो गर्नु भैंस देखि गैंस सम्म्को समस्या । सरकारले ठाउँ ठाउँमा सिचाइ गर्या छैन । अकाशको भरमा कति के गर्नु बर्खादिने ईन्द्र पनि रिझिएको छैन । हरियो घास पात छैन स। सबै गर्मिले डढेको छ । चौपायाको पेट भर्न गाह्रो । यस अबस्थामा चौपायाहरुले भुक्कै पेट बिना गोबर सम्म दिन कम गरेको छ । दुई छाक खाना पकाउने जलावनको पनि कमि छ । बजारमा बस्तु भाउ पनि अकाशिएको अबस्था छ । ग्यासको भाउ पनि अति नै ।के गर्ने संकट नै भनुपर्यो सिरहा स्थित अर्नमा गाउँपालिकाको एक दलित किसान रुम्नी देबि सदा बताउँनुहुन्छ । भारतको नुन त स्तरीय नै छैन चामल निर्यात बन्द गरेको छ । नेपालले स्तरिय नुन पुगाउनै सक्दैन , खडेरीको कारण रोपाई नभै चामल उत्पादनै हुदैन । राज्यको जिम्मेवारहरु कोष सकाउन देखि फुर्सद पाएको छैन । समस्या जत्र तत्र सर्वत्र देखिएको छ । राज्य सहि समयमा किसानको समस्या समाधान गर्न जुटोस उनिहरु जनता प्रती जिम्मेवार होस भन्ने अशा छ सिरहाको कल्याणपुर नगरपालिकाको एक ब्यपारी बताउँनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...