कृषि मन्त्री भुसाल भारत भ्रमणमा

  • साउन ४, २०८०
  • ५१७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले त्यहाँका समकक्षीसंग भेटघाट गरेका छन् । नेपालका कृषि तथा पशुपन्छी बिकास मन्त्री भुसालले भारतका कृषि एवम् कल्याण मन्त्री नरेन्द्र सिंह तोमर र मत्यपालन, पशुपालन एवम् डेरी मन्त्री परशोत्तम रुपालासंग आज भेटघाट गरेका हुन् । दुबै मन्त्रीसंग भएको छुट्टाछुट्टै भेटमा कृषि उपज निर्यात देखि लम्पी स्किन नियन्त्रण र उन्नत जातका पशु निर्यात लगायत बिषयमा महत्त्वपूर्ण निर्णय भएको मन्त्रीका प्रेस संयोजक दिपक अनुरागीले बताए । भारतका कृषि मन्त्री तोमरसंगको भेटमा मन्त्री भुसालले नेपाली किसानले उत्पादन गरेको टमाटर निर्यात गर्न आग्रह गरेका थिए । नेपालमा किसानले उत्पादन गरेको टमाटरले मूल्य नपाएको र भारतमा टमाटरको मूल्य आकाशिएको भन्दै नेपालबाट टमाटर निर्यातको प्रबन्ध मिलाइदिन मन्त्री भुसालले आग्रह गरेका थिए । जवाफमा भारतीय कृषि मन्त्री तोमरले अबको एक हप्ता भित्र नेपालबाट टमाटर आयातको कानुनी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै मन्त्री भुसालले आफ्नो देशमा उत्पादन भएका किवी, ड्रायगन, एभोगाडो लगायतका फलफूल निर्यात गर्न नेपाल आतुर रहेको बताएका थिए । यस्तै पशुपन्छी मन्त्री रुपालासंगको भेटमा मन्त्री भुसालले लम्पी स्किन रोगको भाइरस सिड उपलब्ध गराउन आग्रह गरे । भारतीय मन्त्रीले भारतसँग जोडिएका नेपालका जिल्लामा लम्पी स्किनको निशुल्क खोप लगाइदिने प्रतिबद्धता जनाएका छन् । भारतीय पशुपालन मन्त्री रुपालाले नेपालमा पश्मिना प्रबर्द्धनका लागि भारतको लद्दाकका हाइबृड च्याङ्रग्रा उपलब्ध गराउने बताएका छन् भने गाईको नश्ल सुधारका लागि साइवा गाईको साढे उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रीका प्रेस संयोजक अनुरागीले बताए । भारत भ्रमणमा मन्त्री भुसालसङ्गै मन्त्रालयका सचिव डा. दिपक खराल,सहसचिव डा. सन्जिब कर्ण मन्त्रीका प्रमुख स्वकीय सचिव सुशील भट्टराई छन् ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...