प्रदेश टाइम्स जेठ ५ सिरहा । मधेश प्रदेश स्थित सिराहा जिल्लाको लहान नगरपालिकाले नेपाल पत्रकार महासंघ सिरहा शाखालाई औपचारिक रूपमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको छ । नेपाल पत्रकार महासंघ सिराहा शाखाको लामो प्रयास पश्चात् लाहान नगरपालिकाद्वारा लाहान-५ मा १० धुर जग्गा उपलब्ध गराएको हों । पालिकाको बोर्डले गरेको निर्णय अनुसार जग्गा उपलब्ध भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता ज्यूले आफ्ना सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ अध्यक्ष बनैता ज्यूले सामाजिक सञ्जालमा लेख्नु भएको छ , महासंघको भवन निर्माण नभएसम्म उक्त जग्गा नजिकै रहेको सचेतना केन्द्रको कोठा पत्रकारहरूको लागि उपलब्ध भएको हो । साथै अध्यक्ष ज्यूले लेख्नुहुन्छ " पत्रकार महासंघको कामकाज मुख्य शाखा कार्यालय सिराहा सदरमुकाममै हुने समेत जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Pradeshtimesdainik.com - All rights reserved